नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरी अदालतमा पेश गरिएकाे छ। उनी विद्युतीय चुरोट (भेप) मा हालेर ल्याइएको सुन तस्करी प्रकरणमा पक्राउ परेका हुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई नियन्त्रणमा लिइ म्याद थपका लागि अदालतमा लगिएकाे प्रहरी प्रवक्ता कुबेर कडायतले थाहाखबरलाई जानकारी दिए।भेपमा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा जोडिएका चिनिया व्यापारी दावा लामासँग उनको पटकपटक फोन सम्पर्क भएको थियो।