नेकपा एमालेका नेताहरुको जम्बो टोली चीन भ्रमणमा जाने भएको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेको जम्बो टोली चीन भ्रमणमा जाने भएको छ । भदौ १७ गते एमालेका २१ जना नेता चीन भ्रमणमा जान लागेका हुन् ।उनीहरु चीनको बेइजिङ, ग्वान्जाओ लगायतका शहरको भ्रमण तथा चिनियाँ नेताहरुसँगको भेटवार्ता सकेर भदौ २९ गते नेपाल फर्कने बुझिएको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जान लागेको बताए ।भ्रमणबारे विस्तृत जानकारी केही दिनमा पत्रकार सम्मेलन गरेर जानकारी दिने भन्दै अहिले प्रक्रियामै रहेकाले सबै कुरा भन्न नसकिने भट्टराईले बताए ।





सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।