हिन्दूहरुको महान पर्क दसैं यतीबेला घर घरमा भित्रिएकोछ सबै खुशीयाली मनाइरहेकाछन । तर सङ्खुवासभाबाट भने दु:खद खबर आएकोछ । सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ मा पर्ने सभाखोलामा नुहाउन गएका बाबु छोरा बेपत्ता भएका छन् ।बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करिब ४० वर्षका तारानाथ काफ्ले र उहाँको छोरा १५ वर्षका सनम काफ्ले रहेको सङ्खुवासभा जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।आफ्नै गाडी लिएर सोमबार सभाखोला गएका बाबुछोरा घर नफर्केपछि प्रहरीलाई आफन्तले मङ्गलबार बिहान खबर गरेका थिए । प्रदेश १–०२–००२ च ५९२० नम्बरको बलेरो जीप, कपडा, जुत्ता, मोबाइल फोन, साबुनलगायतका सामग्री सभाखोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।