मङ्सिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको स्थगित भएको मतगणना अझै सुचारु हुन सकेकोछैन । इलाम जिल्ला निर्वाचन क्षेत्र १ को मतगणना कार्य अझ सुचारु हुन सकेको छैन । मङ्गलबार राति १० बजेबाट अवरुद्ध मतगणना कार्य निर्वाचन अधिकृतको त्रुटिका कारण सुचारु हुन नसकेको बताइएको छ । निर्वाचन अधिकृतको कार्यालयले इलाम क्षेत्र १ मा प्रतिनिधि सभातर्फ खसेको मतमा रुजु मत सङ्ख्या नमिलेपछि विवाद भएको बताइएको छ । अधिकृतको कार्यालयको आधिकारिक सूचनाअनुसार २४ हजार ३०२ म गणना हुनुपर्नेमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार २३ हजार ८६५ मत मात्र गणना भएको पाइएको छ । बीचको चार सय ३७ मत हराएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य दीपक पौडेलले बताए ।