Wednesday, December 3, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

श्रीमानलाई डिभोर्स दिन अस्विकार गर्दा आफन्तले नै तडपाइ तड्पाइ मारे चुनुकुमारीलाई

गत चैत्र २५ गते सोमवार दिउसो फेला परेको शवको पहिचान खुले संगै हत्यामा संलग्न ६ जनालाई आज प्रहरीले आज सार्वजनिक गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ बैशाख ४ गते २१:२४ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
श्रीमानलाई डिभोर्स दिन अस्विकार गर्दा आफन्तले नै तडपाइ तड्पाइ मारे चुनुकुमारीलाई
85
SHARES
Share on FacebookShare on Twitter

गत चैत्र २५ गते सोमवार दिउसो फेला परेको शवको पहिचान खुले संगै हत्यामा संलग्न ६ जनालाई आज प्रहरीले आज सार्वजनिक गरेको छ । हत्यामा संलग्नहरु आफन्तनै रहेको प्रहरी अनुसन्धानले देखाएको छ । वैदेशिक रोजगारको शिल शिलामा कोरियामा रहेका श्रीमान प्रेम प्रेम बहादुर बुढाथोकी कै योजनामा ३४ वर्षीया श्रीमती चुनुकुमारी दाहाल बुढाथोकीको हत्या भएको प्रहरीले जानकारी दिएको छ । चुनुकुमारी हत्याको मूल कारण श्रीमान् श्रीमती बिचको मनमुटाबले डिभोर्स दिन नमान्दा सुनियोजित रूपमा भएको सुनसरीका एसपी सुमन तिम्सिनाले जानकारी दिए ।

आज सार्वजनिक गरिएका कोरियामा रहेका चुनकुमारीका श्रीमान् प्रेमप्रेम बहादुर बुढाथोकी लाई नेपाल प्रहरीले कोरियाबाट वैशाख ३ गते नेपाल झिकाई अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट पक्राउ गरेको हो । उनलाई आज विराटनगर वाट सुनसरी जिल्ला अदालतमा म्याद थप गरी सार्वजनिक गरिएको छ ।हत्यामा संलग्न योजनाकारका भाइ ढकेन्द्र बुढाथोकी, बुहारी सृष्टि बुढाथोकी, कान्छा ज्वाइँ योगेन्द्र गौतम, कान्छी बहिनी डेनु गौतम, सहयोगी केशवराज दाहाललाई प्रहरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न फुपूका छोरा भारतीय नागरिक राजु थापा फरार छन् ।

ADVERTISEMENT

एसपी तिम्सिनाका अनुसार चुनुकुमारीलाई ज्वाँई नाता पर्ने योगेन्द्र गौतमले स्कुटर सिकाउने भन्दै प्रस्ताव गरेपछि चुनुकुमारीले श्रीमानसँग सोधिन् । श्रीमानले जाऊ भनेपछि मृतक चुनुकुमारीलाई झुक्याएर धरानको जङ्गल पुर्‍याइयो ।जङ्गलमा पुगेपछि घाँटीमा झोलाको फित्ताले घाँटीमा बाँधेर अत्यधिक कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दा करङ भाँचिदिएको र घिस्राउँदै रुखको फेदमा बाँधी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृतक चुनकुमारीको शव धरान-६ पञ्चकन्या जङ्गलमा गत सोमवार अर्धनग्न अवस्थामा प्रहरीले फेला पारेको थियो ।
महालक्ष्मी नगरपालिका-१ माइती भएकी चुनकुमारी दाहाल बुढाथोकी विगत दुई वर्षदेखि इटहरीको हलगडामा डेरामा बसेर छोरालाई पढाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Previous Post

अन्तिम एक पटक जन्मभूमिमा फर्कन चाहाने एक भुटानी शरणार्थीको कथा ‘भुठान’ ट्रेलर सार्वजनिक

Next Post

समान्ता टोल बिकास संस्था धरान -५ मा नयाँ कार्यसमिती गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist