धरान उपमहानगरपालिका वडा नम्बर -५ मा नयाँ कार्यसमिती गठन भएको छ । पवित्र विश्वकर्माको अध्यक्षतामा रहेको पुरानो कमिटीको पधावधी सकिए संगै शनिबार साधारण सभा गरेर पुरानो कमिटी बिघटन गरी नयाँ कार्यसमिती गठन भएको हो । धरान वडा नम्बर – ५ का कार्यवाहक अध्यक्ष प्रेम बहादुर दाहालको प्रमुख अतिथ्यमा निवर्तमान उपाध्यक्ष जित बहादुर रम्तेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गठन भएको हो । समितिको उपाध्यक्षमा रोजु राई, सचिवमा बिमल पौडेल, कोष अध्यक्षमा कल्पना तामाङ, सदस्यहरुमा दिपक राई, चिजामाया जिमी,रेश्मा राई, फुर्बा शेर्पा र राम कुमार राई रहेकाछन । हरेक वडामा टोल बिकास संस्थाको कार्यवधी दुई बर्षको हुने गर्दछ ।
निवर्तमान अध्यक्ष प्रवित्र विश्वकर्माको अध्यक्षतामा रहेको समितीले स्थानिय उपभोक्ताको प्रत्यक्ष सहभागीतामा समान्त मार्ग प्रबेशद्वार, पहिचान मार्ग प्रबेशद्वार र समान्त मार्ग मुल प्रबेशद्वार निर्माण गरेको अध्यक्ष पवित्र विश्वकर्माले जानकारी दिएकी छिन । टोलको सुरक्षालाई ध्यानमा राखेर स्थानिय आस्थायी प्रहरी पोस्ट देउराली सँग मिलेर वाकिटकी सहित सुरक्षागस्ती, हरेक महिना सरसफाइ अभियान, टोलबासीहरु भव्यतव्त्य मरिमराउमा आर्थिक संकलन, मासिक लेवी संकलन गर्दै आएको अध्यक्ष विश्वकर्माले जानकारी दिएकिछिन ।
स्थानिय घर नम्बर, लेवी,खाली जग्गाबाट उठेको शुल्क बाट रु दुईलाख बढीमा निर्माण सम्पन्न गरेर हाल ३२ हजार रुपैया मौज्दात रहेको कोष अध्यक्ष मेनुका राईले जानकारी दिएकी छिन । सम्पूर्ण रकम सहित माइन्युट खाता नयाँ कार्यसमितीलाई हस्ताण्तरण गरिएको छ ।
कार्यक्रममा सामुदायिक टोल बिकास संस्थाका अध्यक्ष कविचन्द्र याखाले नयाँ कार्यसमितीलाई बधाई तथा धन्यवाद दिए । उनले वडा नम्बर ५ भरीको टोल बिकास संस्थाहरु मध्ये समान्तले निकै प्रगती गरेकोमा बधाई दिए । पुरानो कार्यसमितीले झै नयाँ कार्यसमितीले पनि उत्कृष्ट काम गर्नेमा आफु बिस्वस्त रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी वडा नम्वर ५ का कार्यवाहक अध्यक्ष प्रेम बहादुर दाहालले अघिल्लो कार्यकालको वडाको जनप्रतिनिधी हुँदा टोल बिकास संस्था के हो थाहा नभएपनी हाम्रो आफ्नो पालामा टोल बिकास संस्थालाई निकै सकृय बनाएर अगाडी बढेको बताए । टोल बिकास वडाको बिकासमा महत्वपूर्ण भूमिका संस्था भएकोले नगरपालिकाबाटनै स्वीकृत संस्था भएको बताए । वडा नम्वर ५ को समान्त टोल बिकास संस्थाले गरेको कार्यको प्रशंसा गर्दै अगामी दिनहरुमा अझ सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्दत्ता जनाए ।