आजबाट धरानमा ७ दिने बृहत सांस्कृतिक पर्यटन महोत्सव सुरुहुने भएकोछ । तामाङ जातिको सोनाम ल्होछार २८६० को अवसरमा वृहत साँस्कृतिक महोत्सव आयोजना हुने भएको हो । नेपाल तामाङ घेदुङ धरान नगर समितिको आयोजना हुनलागेको महोत्सव धरान १२ स्थित पब्लिक हाइस्कुलमा ७ दिन सम्म चल्नेछ । महोत्सव उद्घाटनमा धरानका तामाङ जातीहरु जातिय पोशाकमा सजिएर ड्म्फु बजाउदै २० ओटै वडाबाट र्याली हुने । महोत्सवमा तामाङ जातिको पहिचान, सँस्कार, सस्कृति तथा चाडलाई बृहतरुपमा मनाउन आयोजना गरिएको अध्यक्ष तामाङको भनाई छ । महोत्सवमा ८० वटा स्टलहरु रहेनछ । जसमा तामाङ जातिको सँस्कार, सँस्कृति झल्किने मौलिक खानेकुरा स्टल रहनुका साथै स्थानियरुपमा उत्पादन भएका बस्तुहरुलाई विशेष महत्व दिईने महोत्सव संयोजक दिपक घिसिङले जानकारी दिए । महोत्सवमा पर्यटन प्रवर्द्धनका लागि बृहत फोटो पेन्टिङ प्रदर्शन समेत हुनेछ । महोत्सवमा खेल मनोरञ्जनहरुमा पिङ, ड्रागन, मिकि माउस हुनेछ भने तामाङ जातीको ड्म्फु नाच पनि हुने आयोजकले जनाएकोछ ।
धरान उपमहानगरपालिका का मेयर हर्क राज राई (हर्क साम्पाङ) ले उदघाटन गर्ने महोत्सवको प्रबेश शुल्क २५ राखिएकोछ भने रास्ट्रीय स्तरका कलाकारहरु आएको बेला हेरफेर हुने आयोजकले जनाएकोछ । र्याली पब्लिक दक्षिण गेटबाट , सुरु भएर , पुतली लाइन, भानुचोक, छाताचोक हुदै पब्लिक ग्राउण्डमा आएर समापन हुनेछ । आयोजकका अनुसार महोत्सवभरी जम्मा ४ शो मा राष्ट्रिय कलाकारहरु रहनेछन भने दोस्रो अन्तिम दिन ४ गते चर्चित गायक सबिन राईको प्रस्तुती रहनेछ । लगभग ८० ओटा स्टल रहने स्टलको न्युनतम चार्ज १२०० प्रतिदिन , खाजा नास्ता २०००/- उधमीहरुको लागी १५००/- सम्मा भाडा तोकिएको छ आयोजकले जनाएकोछ । हरेक दिन महोत्सव मैदानमा विभिन्न जातीय नृत्यु हरु प्रस्तुति रहनेपनी आयोजकले जनाएकोछ । राज्यको बिभेदबाट पिल्सिएका तामाङ हरुले यो उत्सबवाट एकताको सन्देश दिने मौका उत्सबले दिने घेदुङ धरानका अध्यक्ष सपन कुमार योञ्जन तामाङले जानकारी दिए । धरानका सम्पुर्ण तामाङहरुलाइ एकता गर्न, महोत्सवले विशेषगरी भुमिका खेल्ने अपेक्षा सहित ७ दिने महोत्सवको आयोजना गरिएको महोत्सव संयोजक दिपक घिसिङले जानकारी दिए ।