Monday, June 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

बिपी प्रतिष्ठानको आन्दोलन टुङगियो,अब सम्पूर्ण सेवा सुचारु हुने

२७ दिनदेखि भैरहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ २८ गते १०:१६ बजे प्रकाशित
in FEATURE, स्वास्थ्य
0
बिपी प्रतिष्ठानको आन्दोलन टुङगियो,अब सम्पूर्ण सेवा सुचारु हुने
46
SHARES
Share on FacebookShare on Twitter

२७ दिनदेखि भैरहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ । शिक्षक, कर्मचारीहरुको माग सम्बोधन भएपछि आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । कार्यकारिणी समिति शुक्रबार बसेको बैठकले अवरुद्ध भएको बढुवा प्रक्रिया सुचारु गर्न अन्तर्वार्ताको तालिका प्रकाशन गर्ने निर्णय गरेपछि शनिबार व्यवस्थापन पक्ष र आन्दोलनरत शिक्षक, कर्मचारीबीच सहमति भएको हो । सहमति भएसँगै शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले करिब एक महिना लामो आन्दोलन स्थगित गरेर काममा फर्किएको जानकारी दिएको छ ।

सहमतिसँगै आइतबारदेखि उपचार र पढाई सुचारु हुने भएको छ । विद्यार्थीहरुले पनि विगत ९ दिनदेखि जारी राखेको रिले अनसन अन्त्य गरेका छन् ।प्रतिष्ठानका चार जना पदाधिकारी र शिक्षक कल्याण समाज, कर्मचारी कल्याण समाज, विद्यार्थी कल्याण समाजका प्रतिनिधिबीच शनिबार लिखित सहमति भएको थियो । उक्त सहमतिमा अवरुद्ध भएको अन्तर्वार्ता फागुन ६ गतेबाट शुरु गरेर तालिका वमोजिम सम्पन्न गर्ने र अन्तर्वार्ता सकिएको एक साताभित्र नतिजा प्रकाशित गर्ने उल्लेख छ ।यसैगरि, आन्दोलनमा सहभागी शिक्षक, कर्मचारीहरुप्रति प्रतिष्ठान व्यवस्थापनबाट पुर्वग्रह राखेर कुनै पनि कारबाही नगर्ने, नगराउने र भविष्यमा कुनै प्रकारको कानुनी झमेला आइपरेमा प्रतिष्ठानले आवश्यक साथ सहयोग गर्ने पनि सहमति भएको छ ।

सहमतीका बुदाहरु निम्न रहेकाछन ।
१. निति २०७९/०९/२० तथा २०७१/१०/२५ मा प्रतिष्ठानद्वारा प्रकाशित विज्ञापन बमोजिम शुरु भई स्थगित रहेको अन्तर्यातां मिति २०८०/११/०६ गतेबाट शुरू गरि संलग्न वानिकस यमोजिम सम्पन्न गर्ने । सो को नतिजा अन्तर्वार्ता समाप्त भएको मितिले १ हप्ताभित्र प्रकाशित गर्ने ।

२. भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तया कर्मचारीहरू प्रति प्रतिष्ठान व्यवत्त्यापन पक्षबाट पूर्वाग्रह राखि कुनै पनि प्रकारको कारवाहि नगर्ने/नगराउने ।

३. भद्र अवज्ञामा सहभागी रहेका शिक्षक तथा कर्मचारीहरू उपर भविष्यमा कुनै प्रकारको कानुनि नैझमेला आईपरेमा प्रतिष्ठानले आवश्यक साम सहयोग गर्ने ।

४. वर्तमान परिस्थितिका कारण विद्यार्थिहरूको पठनपाठनमा परेको असरलाई गम्भिरतापूर्वक मनन् गर्दै तत्कालै पठनपाठन सुचारू गर्ने र त्यसवाट भएको क्षतिलाई आपसी समझदारीमा न्यूनिकरण गरिने । साथै भविष्यमा पठनपाठनको कार्यमा असर पुग्नेगरि कुनै गतिविधि नगर्न नगराउन सबै सरोकारवाला पक्ष प्रतिवद रहने ।

• ५. शिक्षक तथा कर्मचारीहरुको जारी भद्र अपना आजकै मितिबाट स्थगित गरि आ-आफ्‌नो नियमित कार्यमा संलग्न हुने ।

६. विद्यार्थिहरूको जारी रिले अनसन तथा सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू आजैका मितिदेखि अन्त्य गरि नियमित पठनपाठनमा सहभागि हुने ।

Tags: #BPKIHS
Previous Post

आजबाट धरानमा ७ दिने बृहत साँस्कृतिक पर्यटन महोत्सव सुरु

Next Post

दयाहाङ र मिरुनाको अन्तिम दृश्य खिच्दै ‘मनसरा’को छायांकन सकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट   नेपाल आइन नायिका

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट नेपाल आइन नायिका

by हंगामा खबर
२०८२ असार ७ गते २२:४२ बजे प्रकाशित
0

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

by हंगामा खबर
२०८२ असार ७ गते २२:०९ बजे प्रकाशित
0

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

by हंगामा खबर
२०८२ असार ४ गते १८:१२ बजे प्रकाशित
0

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

by हंगामा खबर
२०८२ असार ४ गते ०९:५७ बजे प्रकाशित
0

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist