मोबाइल सम्पर्कबाट इटहरी बाहिरका किशोरीहरू बोलाई पुरुष ग्राहक सम्म खोजी गरी जिम्मा लगाउने युवती र पुरुष ग्राहक खोज्ने अर्का पुरुष पक्राउ परेकाछन । पक्राउ पर्नेहरुमा इटहरी ६ कि २१ वर्षीय निशा कार्की र इटहरी ९ का कृष्ण हरी घिमिरेलाई रहेको ईलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका उनिहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ । डिएसपी कार्कीका अनुसार निशाले बाहिरबाट युवती झिकाउने काम गरेकी छिन भने घिमिरेले ग्राहक खोजी गरी पठाउने गरेका थिए ।
इटहरी बाहिरबाट युवतीहरू झिकाएर यौन धन्दामा संलग्न गराइ उमेर हेरेर रु ५ हजार देखि १० हजार सम्मको मोलमोलाइ हुनेगरेकाे प्रहरी भनाइ छ । इटहरी ६ कि निशा कार्कीले फोन मार्फत २ जना युवती झिकाएर केटा सँग पठाउन खोजेपछि शंका उनीहरूले प्रहरीलाई डिएसपी टेकबहादुर कार्कीले बताए । दुवैजनालाइ एक रातको १० हजारका दरले कुरा फिक्स गरिसकेको बताएपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए । दुवै किशोरीलाई काम लगाइदिन्छु भन्दै बाहिरबाट बोलाएको र यौन धन्दामा लगाउन खोजिएको अनुसन्धानबाट देखिएको प्रहरी भनाइ छ ।