धरान १६ का सोहिल श्रेष्ठले आफ्नो आमा आशिका श्रेष्ठ (३२ बर्ष) सँग आफ्नै साथी धरान ३ का सुजल सुन्दास संगै हिडिरहेको देखेपछी साथी सुजल माथी खुकुरी प्रहार गरेकाछन । घाइते सोहिलका अनुसार आफ्नी आमा आशिका जोशी (३२ बर्ष) सङ्गै साथी सुजल र उनी पनि हिडिरहेका थिए । धरान १ र २ को सिमाना सिंहदेवी चोक पुगेपछि सुजलले आफ्नी आमालाई अचानक गाली गरेपछि आफुले झापड हानेको बताए । त्यसपछि सुजलले झोलाबाट एक्कासी खुकुरी निकालेर प्रहार गरेको सोहिलले बताए । सुजलको हातबाट खुकुरी भुईमा खसेको मौकामा सोही खुकुरी टिपेर आफुले पनि सुजललाई प्रहार गरेको उनले जानकारी दिए । घाइते दुबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । दुबैले एक अर्कालाई खुकुरी प्रहार गरेको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर उपचार गराईरहेको छ । घटनामा संलग्न भएको आसंकामा थप २ जना नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । खुकुरी प्रहारबाट सोहिलको टाउकोमा गहिरो चोट लागेको छ भने सुजलको टाउको, कानको मुनि गर्धन र दाहिने पातामा चोट छ ।