बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत शिक्षक डाक्टर र पदाधिकारीहरु आजैबाट आफ्नो ड्युटीमा फर्किएका छन । लामो समयदेखी शिक्षक चिकित्सकहरुको आन्दोलनले केही दिन देखी प्रभावित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवा सञ्चालनमा आउने भएको छ । मेयर हर्क साम्पाङको रोहवरमा प्रतिष्ठानको गेष्ट हाउसमा भएको वार्तामा आज आन्दोलनकारी र पदाधिकारीहरुबिच सहमति भएको हो । तीन बुदे सहमतिपछि आन्दोलनरत डाक्टरहरु आजैदेखी काममा फर्कने भएका छन् ।सहमति पश्चात् आयोजित धन्यवाद कार्यक्रममा मेयर साम्पाङले सहमति कार्यान्वयन गराउन लागि पर्ने बताए । शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले सहमति भएकोमा खुशी व्यक्त गरे । विधार्थी कल्याण समाजका अध्यक्ष डा. ओम शान्ति रजकले पनि वार्ता सफल गराउन भुमिका खेल्नेहरुलाई धन्यवाद दिदै भविष्यमा पठनपाठन बन्द गर्ने गरि आन्दोलन नगर्न आग्रह गरेकाछन ।