Wednesday, December 3, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानका तामाङ समुदायले २८६१ सोनम ल्होछार १५ दिन सम्म मनाउने

नेपाल तामाङ घेदुङ धरान उपमहानगर समितिले २८६१ सोनम ल्होछार १५ दिनसम्म मनाउने तयारी गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ १३ गते २१:४७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
धरानका तामाङ समुदायले २८६१ सोनम ल्होछार १५ दिन सम्म मनाउने
56
SHARES
Share on FacebookShare on Twitter

नेपाल तामाङ घेदुङ धरान उपमहानगर समितिले २८६१ सोनम ल्होछार १५ दिनसम्म मनाउने तयारी गरेको छ । समितीले शनिवार पत्रकार सम्मेलन गरी ल्होछारको अवसरमा आयोजना गरिने कार्यक्रम सार्वजनिक गरेको छ । यस बर्षको ल्होछार बिभिन्न सांस्कृतिक कार्यक्रम सहित व्यापक रुपमा मनाउने तयारी रहेको नेपाल तामाङ घेदुङ धरान उपमहानगर समितिका अध्यक्ष सपन कुमार योन्जन ले जानकारी दिए । ड्रागन बर्गलाई बिदाई गरि यस वर्ष सर्प वर्गलाई स्वागत गर्दै मनाउने अध्यक्ष योन्जनले जानकारी दिए । ल्होछार माघ १७ गतेदेखि १५ सम्म मनाउने जानकारी दिए ।

हरेक वर्षको माघ महिनाको माघ शुक्ल प्रतिपदा तिथीमा मनाइने ल्होछार पर्व वि.सं. २०६१ साल माघ १३ गतेदेखि नेपाल सरकारले राष्ट्रिय पर्वको रूपमा घोषणा गरेको छ । सरकारले २०६१ सालदेखि मान्यता दिएको सोनाम ल्होछार कार्यक्रम यस वर्ष स्थानीय सरकार र केही व्यापार संघको चपेटामा परेको कारण छायामा परेको समितीको भनाइ छ । पत्रकार सम्मेलनमा आफ्‌नो जातिय संस्कृतिलाई भव्य रुपमा १ दिन धरान नगरीको भानुचौकमा भव्य र सव्य रूपमा हर्षोल्हासका साथमा मनाइने साथै १५ दिनसम्म धरान नगरीका विभिन्न वडाहरुमा शुभकामना आदान प्रदान गरी मनाउने जमर्को गरेको जानकारी गराइयो ।  सरकारले गरेको निर्णय जातिय पहिचानको मान्यता सन्दर्भमा वार्षिक क्यालेन्डर अनुसार भएको सोनाम ल्होछार कार्यक्रम राज्यले राष्ट्रिय रुपमा बिदा दिएको कार्यक्रमलाई स्थानीय सरकारले बुझ्‌न नसकेको अवस्थामा नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले स्थानीय सरकारलाई गम्भीर ध्यानाकर्षण भएको आयोजकले जनाएको छ ।

समितीले २०८१ साल माघ १७ गतेदेखि यो वर्षभरिका दिन शुभ रहोस्, दशा ग्रह जाओस्, शान्ति होस् भनी तामाङ जातिको धार्मिक आस्था रहेको गुम्बामा सम्पूर्ण तामाङ समुदायहरु भेला भई पूजा पाठ गर्ने ,माघ शुक्ल प्रतिपदाको दिन (माघ १७ गते) बिहानै उक्त धार्मिक स्थल गुम्बाहरुमा प्रसाद ग्रहण गर्ने , प्रसाद लिए पश्चात सम्पूर्ण उपस्थित तामाङ समुदायहरु धरान नगर परिक्रमाको लागि लामबद्ध भई ठीक १०:०० बाट नेपाल तामाङ घेदुङ. धरान उपमहाननगरपालिका कार्यसमितिको ब्यानर अगाडिबाट र प्रत्येक वडा घेदुङ कार्यसमितिले पनि आ-आफ्‌नै ब्यानरमा पछि पछि लामबद्ध भई आफ्‌नो मौलिक भेषभुषामा सजिएर, नाच्दै, गाउँदै, रमाईलो गर्दै धरान नगरी परिक्रमा गरी भानुचौक स्थित कार्यक्रम स्थलमा प्रवेश योजना रहेको बताइएको छ । कार्यक्रम स्थलमा २० वटै वडाबाट ऐतिहासिक तामाङ सेलो नृत्य प्रस्तुतीको प्रतिष्पर्धा हुनेछ आयोजकले जनाएको छ ।

ADVERTISEMENT
Previous Post

छोराहरुद्वारा आफ्ना पिताको पुण्य तिथिमा अक्षयकोष स्थापना

Next Post

‘जनै हराएको बाहुन’ को लिड रोलमा विजय बराल,मनिष राउतको भूमिका के ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist