झापा जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो झापाको दमक नगरपालिका-३ स्थित खोल्सीमा निर्माण भईरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका-११ का ४५ बर्षीय चंख बहादुर सार्कीलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा घाईते भएका उनको उपचारको क्रममा अरनीको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो ।
सोही दिन बेलुका झापाको कन्काई नगरपालिका- ३ स्थितमा हरिहर पराजुलीको दुई तले घरमा टिनको छाना लगाउने क्रममा कन्काई नगरपालिका- ६ का ३६ बर्षीय राम कुमार श्रेष्ठले फलामको पाईप बोक्ने क्रममा अचानक बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा घाईते भएका श्रेष्ठको उपचारको क्रममा बिर्तासिटि अस्पताल बिर्तामोड मृत्यु भएको हो ।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।