धरान – ५ स्थित ज्योति चर्च युवा संगतीको आयोजनामा ‘बाइबलिय हाजिरी जवाफ प्रतियोगीता -२०८०’ सम्पन्न भएको छ । धरान – ५ का ९ ओटा चर्चहरुका युवाहरुको सहभागीता रहेको प्रतियोगीतामा ख्रिस्टको पुनरुत्थान चर्च देउराली प्रथम, एलोहिम चर्च देउराली दोस्रो र होसन्ना व्याप्तिस चर्च तेस्रो भएका छन । प्रथम हुने ख्रिस्टको पुनरुत्थान चर्चले १०० अंक , दोस्रो हुने एलोहिम चर्चले ६५ अंक र तेस्रो हुने होसन्ना ब्याप्टिस चर्चले ५० अंक प्राप्त ग्रेका थिए । जम्मा ५४ ओटा प्रश्न सोधिएकोमा एक ओटा प्रश्नको अंक भार ५ राखिएको थियो । बिजेताहरुले नगद र पुरस्कार ट्रफी प्राप्त गरेकाछन । कार्यक्रममा स्थानिय चर्चका जवानहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए ।
प्रथम हुने ख्रिस्टको पुनरुत्थान चर्च
दोस्रो, एलोहिम चर्च देउराली
तेस्रो , होसन्ना व्याप्तिस चर्च
ज्योति चर्च युवा संगतीका अध्यक्ष ज्ञानु भोटेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी धरान ख्रीस्टिय समाजका अध्यक्ष गोविन्द राई थिए । राईले हरेक चर्चका युवाहरुलाई बाइबल अध्ययनमा बानी बनाउने र अध्ययनगर्ने बानी बसाल्ने भएकोले यस्तो प्रतियोगीता आयोजना गर्नु आवश्यक रहेको बताए । सबै बिजेता टिमलाई बधाई दिदै राईले आयोजकलाई धन्यवाद दिए ।
बिशेष अतिथी स्थानिय पास्टर मचिन्द्र लावतीले प्रतियोगीता सुरुहुनु भन्दा अगाडी बिशेष मेसेज दिएका थिए । पछील्लो समय इसाईहरु बाइबलिय अध्ययन गर्न अल्छे बन्दै गएकोमा यस्तो प्रतियोगीताले बाइबल अध्ययन गर्न प्रोत्साहन गर्ने बताए । बिशेषगरी चर्चका युवाहरुलाई बाइबल अध्ययन गर्न जोश जागर थप्दै जानलाई अन्य चर्चभित्रका जवानहरु बिचपनी यस्तो प्रतियोगीता हरु गरिरहन पर्ने आवशयक्ता औलाए । कार्यक्रमका सभापती ज्ञानु भोटेले हाजिरी जवाफ प्रतियोगीतामा सफल बनाउन आर्थिक सहयोग गर्ने चर्चका बिस्वासीहरु साथै सहभागी गराइदिएकोमा सबै चर्चका पास्टर अगुवाहरुलाई धन्यवाद दिए । उनले यो प्रतियोगीता अगामी बर्षहरुमा पनि निरन्तरता दिने बताए ।