धरान उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नु गरेकाछन । नेपाली काङग्रेसका स्थानिय प्रभावशाली नेता भट्टराई २०७९ को स्थानिय चुनावमा पार्टीले टिकाट नदिएपछी स्वतन्त्र उम्मेदवारी दिएर वडा नम्बर ६ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । भट्टराईलाई आज राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले औपचारिक कार्यक्रम मार्फत पार्टीमा स्वागत गरेका हुन । भट्टराईले पार्टीको सदस्यता प्राप्त गरेर पार्टी प्रवेश गरेका हुन । पार्टी प्रवेश पछी संक्षिप्त कुरा गर्दै ष भट्टराईले राजनीतिक पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै देश र जनताको सर्वोपरी हित गर्ने भएकोले पनि आफुले पार्टी प्रवेश गरेको बताए । ‘राजनीतिक इतिहाँसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले खेलेको भुमिका र अनेकतामा एकता ल्याउनको लागि सवैभन्दा महत्व राख्ने पार्टी भएकाले पनि पार्टी प्रवेश गरेको भट्टराईको दावी छ ।