नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई मण्डिखाटार निवासबाटै आज बिहीवार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले प्रवीणता प्रमाणपत्र तह पास गरेको नक्कली प्रमाणपत्र पेस गरेर त्योभन्दा माथिल्लो तहको अध्ययन गरेको प्रहरीको आरोप छ ।
२०७३ सालमै सीआईबीले नक्कली प्रमाणपत्रविरुद्धको कारबाही ‘अपरेशन क्वाक’ चलाउँदा नै शर्माले नक्कली शैक्षिक प्रमाणपत्र लिएको प्रमाण भेटाएको थियो । तर पक्राउको सूचना चुहिएपछि उनी जापान गएका थिए । नेपालमा विकसित राजनीतिक घटनाक्रम र प्रहरीको नेतृत्व हेरफेर भएपछि शर्मा नेपाल फर्किएका थिए । त्यसपछि राजनीतिक संरक्षणका आडमा उनले आफूलाई पक्राउ गर्नबाट जोगाएका थिए । अहिले बल्ल सीआईबीले उनलाई पक्राउ गर्न सफल भएको हो । शर्मा नोबेल अस्पातल बिराटनगरका संचालक हुन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।