झापाको कनकाई नगरपालिका–१ स्थित सिर्जना टोलमा बिहीबार दिउँसो ३ बजेको समयमा खाल्डोमा डुबेर २ बच्चाको मृत्युभएको छ ।स्थानीय विजय भुजेलकी ४ बर्षीय छोरी निशा भुजेल र अर्का प्रकाश जोगीका अढाई बर्षीय छोरा अनमोल जोगीको भैँसी आहाल बस्ने पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।स्थानीय बाघे खोलाले बनाएको खाडलमा जमेको पानीमा खेल्नेक्रममा दुवै बच्चाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायव निरीक्षक अशोक कोइरालाले बताउनुभयो ।
घरका अभिभावकहरू काम गर्न बाहिर गएको र बच्चाहरू खेल्नेक्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चा डुबेर मृत्यु भएको गाउँमा थोत्रा सामग्री सङ्कलन गर्न हिडनेहरुले देखेर स्थानीयलाई खबर गरेका थिए । दुवै बच्चाको मृत्युपछि अहिले कनकाई नगरपालिका –१ स्थित सिर्जना टोल शोकमा डुबेको छ ।