धरानबासीले पिउदै आएको खानेपानीमा दिसामा पाइने जीवनउ ‘पोलिफर्म’ फेला परेकोछ । केही महिनादेखी धरानमा उब्जिएको बिभिन्न भाईरल रोगहरु डेङ्गु, आँखा पाक्ने, ज्वरो आउने, झाडापखाला, जीउ चिलाउने जस्ता सरुवा रोगहरु फैलिएर धेरै बिरामी परेपछी पानीको परिक्षण गर्नुपर्ने जन गुणासो आएपछी पानी को परिक्षण गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरानले विभिन्न ७ ठाउँको पानीको नमुना संकलन गरेर परीक्षण गर्दा खोलाबाट संकलन गरेर वितरण भइरहेको पानीमा कोलिफर्म देखिएको हो ।
परिक्षण नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको इटहरीस्थित खानेपानी गुणस्तर परीक्षण प्रयोशालामा इकोलाई परीक्षण गरिएको थियो । परिक्षण गर्दा फुस्रेस्थित रिजर्भ वेयर ट्यांकको पानीना फर्मको मात्रा ३०,धरान १४ विजयपुरस्थित रिजर्ब ट्यांकमा ३५, खर्दुको पानीमा १५, सर्दुको पानीमा १० , निशाने ट्यांकीको पानीमा २०,विष्णुचोकस्थित ट्यांकबाट कोकाहाको पानीमा ५, सोही ट्यांकीमा मिसाइएको कुम्भी आहालको बोरिङ गरेको पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा शुन्य नभएको रिपोर्ट आएको रास्वपाले जनाएको छ ।