Friday, December 5, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

माफी चाहन्छ धरान !

हंगामा खबर by हंगामा खबर
२०८० साउन १९ गते ०९:५२ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
माफी चाहन्छ धरान !
312
SHARES
Share on FacebookShare on Twitter

✍️ फ्रो. डा. राजेन्द्र शर्मा
२०४५ साल भदौ ५ गते बिहान ४.५५ बजे गएको महाभूकम्पको चपेटामा धरान पनि परेको थियो । झण्डै सवासयले धरानमा ज्यान गुमाएका थिए भने ६ हजार जति घाइते भएका थिए ।कुमार सुवेदी दाइको पूरै परिवार ३ तले घर चकनाचुर भएर पुरिनु भएको थियो । झण्डै ४ घण्टा पछि छोरो पारस र कुमार दाइलाई घाइते अवस्थामा उद्धार गरेर हामीले धरान अस्पताल लिएर गयौं ।
बाटाभरी, भूकम्प पछि दर्के पानी परेको पीडा संगै घरका भग्नावशेषहरुमा जीवित मानिसको खोजी जारी भएको कारुणिक दृष्य छिचोल्दै हामी अस्पताल परिसर पुग्यौं । धरानको छाताचोक मास्तिर सरकारी अस्पताल थियो । त्यहाँको दृष्य झन भयावह थियो । सयौंको संख्यामा घाइते र तिनका परिवारहरुको घुइँचो थियो पूरै प्राङ्गण भरी ।

त्यहाँ सरकारी अस्पतालका २ जना डाक्टर मात्र थिएनन् उपचारमा जुटेका । स्वतस्फूर्त रुपमा अस्पताल आएर आफ्नै घरबाट औषधी, बेन्डेज, सुई लगायत सामान लिएर धमाधमा उपचारमा जुटेका थिए धरानका ३ जना महामना डाक्टरहरु : डा ज्ञानबहादुर श्रेष्ठ, डा तपन तरफदार र डा खालिद हुसैन हक । कुनै निम्तापत्र चाहिएन कुनै आह्वान गर्नु परेन – डाक्टरको इमान र धर्म निर्वाहमा स्वयं जुटे यी देवदूतहरु । प्राइवेट क्लिनिक चलाउँथे तर आपदका समयमा उद्धारलाई सर्वोपरी ठानेर कर्मक्षेत्रमा यी जुटेका थिए ।
त्यसको ठीक ३५ वर्ष पछि बजार अनुगमनका नाममा ती महान डाक्टर जसले आफ्नो पैत्रिक घर कलकत्तामा हुँदा हुँदै सारा सर्वस्व त्यागेर धरानलाई नै कर्मथलो बनाएर आजीवन स्वास्थ्यसेवामा आफूलाई समर्पित गर्यो, उनै डा तपनकुमार तरफदार माथि अपमानजनक र खेदजनक ब्यवहार भोग्नु पर्यो, मेरो जन्मथलोका तर्फबाट म डाक्टर तपनसंग माफी माग्न चाहन्छु । अपमान गर्ने जो कोही होस् त्यो धरानको प्रतिनिधि हो, अर्थात मेरो पनि प्रतिनिधि हो, त्यसैले धरान कै तर्फबाट म माफी माग्न चाहन्छु ।
महामनाहरु विरलै जन्मन्छन् र तिनलाई कदर गर्न जान्नेहरु त झन विरलै हुन्छन् । क्षमा सबैभन्दा ठूलो अस्त्र हो ।
थप स्पष्टीकरण :-
गल्ती सबैबाट हुन्छ, गल्ती हाम्रै आमा बाबाबाट पनि हुन्छ तर हामी कहिल्यै हाम्रा बा आमालाई अपमानित ढंगले गाली गर्दैनौ । गल्ती हामीले मानेका भगवानहरुबाट पनि भएका छन् तर हामी कहिल्यै भगवानहरु प्रती अपमान गर्दैनौ । महान काम गर्दा गर्दै कुनै काममा कमजोरी गरे होलान् डा. तपन कुमारले यसको मतलब बिधि प्रक्रियामा लैजाने कि सार्बजनिक अपमान गर्ने ?
अनि यस्तो डेंगु,झाडापखाला, आँखा पाक्ने महामारीको बेला क्लिनिक ल्याब बन्द गर्ने कि बिधि प्रक्रियाको लागि निश्चित समय सिमा दिने हो ?

– उक्त्त लेख लेखकको सामाजिक सन्जाल फेसबुकबाट सभार गरिएको हो ।

ADVERTISEMENT
Previous Post

धरानको खानेपानीमा दिशामा पाइने ‘पोलिफर्म’ भेटियो

Next Post

धनकुटा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist