कोशी प्रदेशमा ३ जना मन्त्रीहरु नियुक्त्त भएका छन । प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आजै तीन मन्त्रीको जिम्मेवारी समेत तोकेका हुन । मुख्यमन्त्री थापाले आजै साँझ ५ बजे शपथ लिएपछि तीन मन्त्री नियुक्त हुनेछन् ।जसमा आर्थिक मामिला तथा योजना मन्त्रीमा बाबुराम गौतम, भौतिक पूर्वाधारमा प्रदीपकुमार सुनुवार र खानेपानी सिँचाइ तथा ऊर्जामा प्रदीपकुमार सुनुवारले जिम्मेवारी पाउने भएका हुन् ।गौतम माओवादी, जबेगु नेकपा एस र सुनुवार कांग्रेसबाट मन्त्री नियुक्त भएका हुन् ।यसअघि मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री थापाले आफ्नो यसअघिकै क्याबिनेटका मन्त्री दोहोरिने सङ्केत गरेका थिए ।