चितवनका महिलाहरुका लागी रास्ट्रीय स्वतन्त्र पार्टीका सभापती तथा चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा निर्वाचित सांसद रवी लामिछानेले चितवनका महिलाहरुको लागी निशुल्क बस व्यवस्था गरेकाछन । बुधवार उनले आफ्नो निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क बस सञ्चालन गर्नेदेखि विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारी दिने कार्यक्रहरू घोषणा गरेका छन । निर्वाचित भएको सयौं दिनमा लामिछानेले आफ्नो निर्वाचन क्षेत्रबाट केही नयाँ कामको थालनी नै गरेका छन्। चितवन क्षेत्र नम्बर २ का महिलाले निःशुल्क सेवा पाउनेगरी बुधबार ‘ब्लू बस’ को सेवा शुभारम्भ गरिएको छ।
निलो रङको यो बस भरतपुरका विभिन्न रूटहरू चल्नेछ। पहिलो चरणमा पाँच सय जना महिलाहरूको यातायात कार्ड बनाएर यो सेवा सुरू गरिएको छ। बसमा रहेको मेसिनमा कार्डले छोएपछि सेवा निःशुल्क हुने लामिछानेले बताए। कार्डले बसमा को-को चढे भन्ने कुराको रेकर्ड पनि रहनेछ। माग र उपयोगअनुसार समन्वय गरी भविष्यमा अन्य बस पनि थप गर्ने उनले बताए। सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाका लागि निःशुल्क मोबाइल क्लिनिक सञ्चालनमा ल्याउने पनि घोषणा गरेकाछन ।