गत श्रावण ५ गते धरान स्थित सेउती पुल नजिक बिराटनगरका ५ का २८ वर्षीया रोहित चौधरीको गोलीहानी हत्या गरेको आरोपमा दुईजना आरोपित पक्राउ परेकाछन । मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीया अनसन तामाङ रहेका छन । उनीहरुलाई आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । दिपक घटनाको मुख्य अभियुक्त भएको कोशी प्रदेश प्रहरी प्रमुख दिपेशनाथ बास्तोलले जानकारी दिए । उनका अनुसार रोहितले होहल्ला गर्दै प्रतिकार गरेपछि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न एक जना अझै फरार रहेको पनि उनले बताए । पक्राउ परेका लेटाङका दिपक यसअघि पनि जबरजस्ती करणी मुद्दमा १० वर्ष कैद सजाय भुक्तान गरेर २ महिना अघि छुटेका थिए । यस्तै, धरानका अनसन लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरेर २ बर्ष अघि छुटेका थिए । उनीहरु यसअघि पनि विभन्नि चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको डिआइजी बास्तोलाले बताए । लुटपाट गर्नु नै हत्याको मुख्य कारण भएको प्रहरीको भनाइ छ ।