धरानमा उपमहानगरपालिकाको कार्यपालिका बैठक पछील्लो समय सम्बादहिन बन्दै गएकोछ । मेयर हर्क साम्पाङले आव्हान गरेको कार्यपालिका बैठकमा अनुस्पथित भएर मेयरको कार्यशैलीप्रती वडाध्यक्षहरुले बिरोध जनाउदै आएकाछन । गत चैत १ गते स्थगित भएको बैठक महिना दिन पछि दुई पटक बोलाउँदा पनि वडाध्यक्षहरू अनुपस्थित भएकाले बस्न सकेको छैन । मेयरका स्वकीय सचिव सुदर्शन लिम्बुले वडाअध्यक्षहरुलाई पठाएको निर्देशनात्मक पत्रको विषयमा विवाद भएपछि बैठक स्थगित भएको थियो ।
मेयर साम्पाङले पटक पटक बैठक आह्वान गरेपनी वडाध्यक्षहरुले पाँच सूत्रीय मागका बारेमा समन्वयात्मक छलफल नगरेको भनी कार्यपालिका बैठकमा अनुपस्थित हुँदै आएकाछन । यसरी बैठकमा अनुपस्थित हुँदै आएका वडाध्यक्षहरुलाई मेयर साम्पाङले राजिनामा माग गरेकाछन । बिहीवार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेल्न गर्दै साम्पाङले वडाध्यक्षहरु असक्षम रहेको भन्दै राजिनामा मागेका हुन । कार्यपालिका बैठकमा असभ्य, अशिष्ट र अमर्यादित भाषा शैली प्रयोग गर्ने भाँडभैलो मच्चाउनेलाई स्पष्टीकरण माग्दा अन्यथा मान्नु पर्ने कुनै कारण नरहेको पत्रकार सम्मेलनमा साम्पाङले बताए ।
यसैगरी बिहीवार नै धरानका वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुले पनि पत्रकार सम्मेलनगरी धरानका मेयरले बिबाद मिलाउनको सट्टा सामाजिक संजालमा अपसब्द बोल्दै आफ्नो कमजोरी देखाएको बताएकाछन् । उनिहरुले वडाध्यक्षहरुको पाचबुदे मागहरुलाई सम्बोधन गरेर समस्याको समाधान खोज्नु को सट्टा उत्तेजित भएर जनताहरुमा भ्रम छोडेको बताए । उनिहरुले मेयर असक्षम भैसकेकोले अब राजिनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरे । मेयरले बिधी र बिधान मिचेर एकलौटी रुपमा आफुखुसी कार्यगरेको भन्दै स्थानिय सरकार संचालन सम्बन्धी ऐन अध्ययन गर्न सुझाव दिए । वडा नम्बर १८ का वडाध्यक्षले आफुहरु सँग राम्रो सँग सल्लाह गरेर कार्यपालिका बैठक संचालन गर्न मार्ग प्रसस्त गर्ने सहमती भएपनी केहीछिनमा पुन सामाजिक संजालमा अपमानजनक पोस्ट गरेको भन्दै आफ्नो केटाकेटी शैली त्याग्न आग्रह गरे । साथै उनले आफुहरुलाई गुइठे नाम दिएर अन्र्तराष्ट्रिय स्तरमै बेज्जत गरेको भन्दै साम्पाङको पनि नाम धकुले रहेको बताए । उपस्थित वडाध्यक्षहरू मेयर हर्क साम्पाङ सँग नझुक्ने, बरु कानुनी प्रक्रियामा जाने चेतावनी दिएका थिए ।