धरानलाई पानी खुवाउने अभियान शुरु गरेका धरानका मेयर हर्क साम्पाङको अभियानलाई सफल बनाउन आयोजना गरिएको “कोकाहा साँगीतिक साँझ ” २०७९ मा धरानका जनताहरु मानव सागर झै उर्लिएका छन । चैत्र २५ गते शनिवार धरान १२ स्थित पब्लिक हाइस्कुल को खेल मैदानमा भएको च्यारिटी कन्सर्टमा धराने जनताहरुको बाक्लो उपस्थिती रहेको थियो । साम्पाङ मेयर भए देखी धरानको खानेपानीको लागी अभियान मार्फत धेरै सहयोगहरु जुटिसकेकोछ ।
अभियानकै क्रममा को अहिले सम्मकै सबैभन्दा ठूलो खानेपानी अभियान कोकाहा खानेपानी अभियानको लागी च्यारिटी कन्सर्ट गरिएको कार्यक्रमके संयोजक मिना सिङ्गकले जानकारी दिएकिछिन । साम्पाङको अभियान लाई थप सहयोग पुगोस भनि “कोकाहा साँगीतिक साँझ “आयोजना गरिएको र देश तथा बिदेशबाट धेरै भन्दा धेरै सहयोग प्राप्त भएको सिङ्गकले जानकारी दिएकिछिन । सिल्भर इन्टरटेन्मेन्ट आयोजक रहेको थियो । कार्यक्रम लाई सफल बनाउन आफ्नो सहयोग र सहभागिता जनाउन धेरै भन्दा धेरै सहयोगी र शुभेच्छुक हरुको फोन सम्पर्क र सहयोगको लिस्ट हरु हामी माझ अझै रहेको , यो अभियानमा सहयोग गर्नुहुने सहयोगी महानुभावहरुको सहयोगको कदर गर्दै हजुर हरुको नाम र सहयोग रकम हामी सार्वजनिक गर्दै जानेछौं सिङगकले थपिन ।
कन्सर्टमा उपस्थित रहेका चर्चित गायक, गायिकाहरुले निःशुल्क रुपमा आफ्नो प्रस्तुती दिएका थिए । प्रस्तुती दिनेहरुमा गायक दिप श्रेष्ठ , राजेश पायल राई , एकदेव लिम्बु , प्रबिशा अधिकारी ,दिपक लिम्बु ,एपी शेर्पा ,डिल्ली फोम्बो एण्ड ब्याण्ड, द वाकिङ क्लाउड ब्याण्ड, रोहित मास्के र धरानका मेयर हर्क साम्पाङ र वडा नम्बर २ का वडाध्यक्ष रमेश राइले पनि प्रस्तुती दिएका थिए । निःशुल्क गीत गाउन आएका कलाकारहरु बिशेष आभार प्रकट गर्दै कार्यक्रम ऐतिहासिक भएको मेयर साम्पाङको भनाइ थियो । उनले कोकाहा खानेपानी अभियानलाई कलाकारहरुले पनि साथ दिएको भन्दै जसरी पनि पानी ल्याएरै छोड्ने प्रतिबद्दता व्यक्त्त गरेका छन । कलाकारहरुले पनि मेयर साम्पाङ जनताको हितमा दिनरात खटिएको कारण आफुहरु पनि सहयोग गर्न धरान आएको बताएका थिए ।