प्रदेश १ को नाम कोशी प्रदेश रहेपछी पहिचानवादीहरुले गरेको आन्दोलनमा मृत्यु भएका लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर धरान १५ बस्ने पदम लिम्बू( लाजेहाङ ) लाई सरकारले शाहीद घोषणा गर्ने निर्णय गरेकोछ । आज शुक्रबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । गत चैत ५ गते विराटनगरमा कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी लिम्बु सशस्त्र प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।