नेपालमा शुन्य स्थितीमा झरेको कोरोना भाईरस केहीदिन देखी फेरी बढन थालेकोछ । मौसमको कारण रुघा, खोकी, अन्य ज्वरो प्रमाणित नभएसम्म कोभिड पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेकोछ । साढे ६ महिनाअघि अर्थात् भदौ मसान्तसम्म सङ्क्रमितको दर दैनिक ११० को हाराहारीमा थियो । त्यसपछि क्रमशः सङ्क्रमण दर शून्य भएकोमा हाल पुनः उकालो लाग्न थालेको छ ।भारतमा कोरोना भाइरस सङ्क्रमित बढेसँगै नेपालमा पनि यही चैत्र दोस्रो साता यता कोरोना सङ्क्रमितका सङ्ख्या बढ्न थालेको मन्त्रालयको तथ्याङ्कले पुष्टि गर्छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।