कोशी प्रदेशको विरोधमा पहिचान पक्षधरहरुले कोशी प्रदेशका सांसदहरु सहभागी हुने कार्यक्रमस्थल अघि घेराउ र प्रर्दशन गर्ने क्रममा प्रहरीसँग झडप हुँदा १३ जना घाइते भएकाछन । प्रदर्शनको क्रममा प्रहरीको लाठी चार्जबाट घाइते हुनेहरुमा एन के दर्नाल धरान ५ , शिव आङ्देम्बे धरान १६,उदय नेम्बाङ माङ्सेबुङ , ज्ञान प्रसाद राई धरान ११ , सुरज राई ग्रामथान गापा ६ मोरङ, सरोज लिम्बू इटहरी तरहरा ,अशोक राई धरान १८, पदम लिम्बू इटहरी ५, विशाल राई धरान, रेसम राई तरहरा, रोयल राई इटहरी ५, बिमल किराँती इटहरी र आस्था राई धरान १२ रहेका छन । घाइतेहरुको उपचार धरान स्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा भईरहेकोछ ।
मुख्यमन्त्री कार्यालय नजिकै बिग होटलमा प्रदेशका सांसदहरु युएनडिपीले आयोजना गरेको कार्यक्रममा सहभागी हुने जानकारी पाएपछि पहिचान पक्षधरहरु त्यसतर्फ गएका थिए । उनीहरुले पहिचानको विरोधमा कोशी प्रदेशमा मत दिने सांसदहरुलाई उक्त कार्यक्रममा प्रवेश गर्न नदिने उद्देश्यले गएका थिए ।