धरान १७ रेल्वे आदर्श चोक स्थित एक घरमा खाना पकाउने ग्यास सिलिन्डर लिक भएर पड्किदा ८ जना घाइते भएकाछन । सबिता राईको घरमा डेरा गरि बस्ने ४२ बर्षिया अन्जना राईले ल्याएको कोशी ग्यास जोड्ने क्रममा लिक भई पडकिदा उक्त दुर्घटना भएको हो ।उक्त दुर्घटनामा परि घाइते हुनेहरुमा अन्जना राई तथा राईकी ६६ बर्शिया आमा राजकुमारी राई १० बर्षका छोरा सोनिहाङ राई तथा ८ बर्षकि छोरी साङ्केन राई रहेका छन । त्यस्तै कोशी ग्यासकै कामदारहरु धरान ११ बस्ने १९ बर्षका अनिश कार्की र सिरहा बन्दिपुरका १८ बर्षका बासुदेब खड्का घाईते भएका छन । ग्यास पड्केर घाईते भएका सबैको बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ । उनिहरु घाईते सबैको शरिरका विभिन्न भागमा आगोले पोल्नुका साथै कपाल समेत डढेको छ भने उक्त घट्नामा परि घरको झ्यालको सिसा समेत फुटेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।