नेकपा एमालेकी १ नम्बर प्रदेस सांसद यशोदा कायस्थले इलाममा ज्येष्ठ नागरिक मैत्री भवन निर्माण गर्ने घोषणा गरेकीछिन।
आइतबार इलामेली समाज धरानद्वारा धरान-१० स्थित लोटस प्लाजामा रहेको सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को हलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा कायस्थले सो कुरा बताएकी हुन।आजकलको बढ्दो प्रबिधिको प्रयोगले आमा-बुवा प्रती छोरा-छोरीको स्नेह र लगाब कम हुँदै गएको सांसद कायस्थले बताईन। आजकल आमा-बुवालाई बेवास्ता गर्ने र बृद्धाश्रम पठाउने प्रचलन बढ्दै गएको प्रती कायस्थले चिन्ता ब्यक्त गरिन्। ज्येष्ठ नागरिकका लागि इलाममा भवन बनाएरै छाड्ने साम्सद कायस्थले उद्गघोष गरिन। इलामेली समाज, जन्म थलो इलाम भई धरानलाई कर्मथलो बनाएर बसोबास गर्दै आएका इलामेलीहरुको साझा संस्था हो। इलाममै जन्मिएकी साम्सद कायस्थको २०४५ सालमा धरानका मुकुल कायस्थसङ्ग बिबाह भएको थियो।
कार्यक्रमका प्रमुख अतिथी बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका प्राध्यापक डा.बालकृष्ण भट्टराईले साम्सद कायस्थलाई दोसल्ला खदा र अबिर लगाई सम्मान-पत्रले सम्मान गरे। प्रमुख अतिथि भट्टराईले सांसद कायस्थलाई बधाई ज्ञापन गर्दै अझ बढी सफलता हासिल गर्न शुभ-कामना दिए।प्रा.डा.भट्टराईको पनि जन्म स्थान इलाम हो। सम्मान कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सन्तोष काफ्ले, नेपाल पत्रकार महासङ्घ सुनसरीका सह-सचिब भोला श्रेष्ठ लगायतको उपस्थिती थियो।कार्यक्रम समाजका अध्यक्ष गङ्गा बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो। कार्यक्रमको सन्चालन समाजका सचिव सुरेन्द्र घिमिरेले गरे भने उपाध्यक्ष युनिसा भुसालले स्वागत मन्तब्य ब्यक्त गरिन।