‘सम्मान मिस लिम्बु -२०७९ ‘ को काठमाण्डौ अडिशन समपन्न भएकोछ । गत शनिबार प्रदेश १ को लागी धरानबाट सुरु भएको अडिशन आज आईतवार काठमाण्डौमा दोस्रो अडिशन सम्पन्न भएको हो । काठमाडौंको अनामनगरस्थित सिलौटी कटेजमा सिक्किम भारतको एकजना सहित १३ जना लिम्बुनी सुन्दरी प्रतियोगीहरु छनौट भएको कार्यक्रम संयोजक रुकमान लिम्बुले जानकारी दिनुभयो । आज सम्पन्न अडिशनमा सिक्किम भारतकी मुन नाल्बो लिम्बु र झापा बिर्तामोडकी एलिना तुम्बापो डिजिटल अडिशन मार्फत छनोट भएका हुन । धरान अडिशन बाट १४ जना र काठमाण्डौ अडिशनबाट १३ जना गरी जममा २७ जना अब हुने अर्को राउण्डको लागी प्रतिस्पर्धा गर्नेछन । आईतवार भएको काठमाण्डौ अडिशनबाट फुङ्निमा योङ्हाङ पाँचथर,साम्माङ थाम्सुहाङ पाचथर,एलिना तुम्बापो बिर्तामोड झापा,ममता आङ्बो पाचथर,गङ्गा सेम्बु लिम्बू ताप्लेजुङ , निरुता लिम्बू तेह्रथुम , अस्मिता मादेन ताप्लेजुङ, जमुना सेम्बु लिम्बू ताप्लेजुङ , मुन नाल्बो लिम्बू सिक्किम भारत ,सुस्मा इम्सोङ लिम्बू,तेह्रथुम , कल्पना लिङ्खिम ताप्लेजुङ , याङ्जुली खापुङ तेह्रथुम र सुम्निमा खापुङ रहेका छन ।
काठमाण्डौ अडिशनका लागी निर्णयकको रुपमा कोरियोग्राफर तथा मिडिया प्रस्नालिटी जयन सुब्बा मानन्धर, संगीतकार तथा गायक डम्बर नेपाली , , याक्थुङ युथ एसोसिएसन सल्लाहकार आशा नेम्बाङ , नेपाल पत्रकार महासघ काठमाण्डौ अध्यक्ष सुर्य सुवेदी , निर्देशक तथा सिनेमेट्रोग्राफर भुपेन्द्र तुम्बाहाङ्फे , मिस लिम्बू २०१५ बिस्नु चेम्जोङ र अफिसियल फेसन डिजाइनर निर्मला आङ्बुङ रहेका थिए । प्रतियोगीहरूलाई काठमाडौंमा एक महिना सम्म पूर्व मिस नेपाल २०१० कि विजेता सदीक्षा श्रेष्ठले कोरियाग्राफी गर्ने आयोजकले जनाएकोछ । साथै पूर्व मिस नेपाल माल्भीका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ, भाषाविद्, मुन्धुमविद् डी.बि. आङ्बुङ लगायत बिभिन्न पेशाका विज्ञहरूले व्यक्तित्व विकासको तालिम प्रदान गर्ने कार्यक्रम संयोजक रुकमान लिम्बुले जानकारी दिनुभयो ।
लिम्बु समुदायमा आफ्नो भाषा लिपि,संस्कार्,संस्कृती,पहिचान्,मुन्धुम्,साहित्य,कला,गर गहना,भेष भुषा मौलिक बाजाहरु आज पश्चिमी संस्कार र राज्यले पनि चासो नदेखाएकोले पनि यस किसिमका समस्यालाई मध्य नजर राख्दै लिम्बु समुदाय भित्रका चेलीहरुलाई सौन्दर्य प्रतियोगिता मार्फत याक्थुङ युथ असोसिएसनले छैठौँ “सम्मान मिस लिम्बु २०७९ ” को आयोजना गरिएको प्रदेश एक संयोजक मिना सिङ्गकले बताउनु भयो । नेपालमा धेरै किसिमका सौन्दर्य प्रतियोगिता हुने गरेपनी मिस लिम्बु आफ्नो पहिचान , भाषा र संस्कृतिलाई जगेर्ना गर्दै नयाँ पिढीलाई सिकाउने उद्देश्यले फरक ढङ्गले आयोजना गरिएको सिङ्गकले बताउनु भयो । १६ वटा सब टाईटल रहने यस प्रतियोगितामा प्रतियोगिता विजेताले नगद ५० हजारसहित एउटा स्कुटर र हङकङ भ्रमण् , दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगीताको फाइनल यही चैत्र ११ गते प्रज्ञा भवन काठमाण्डौमा हुनेछ ।