झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको कन्काई नगरपालिका-९ घैलाडुब्बा स्थितमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-५ का २६ बर्षीय रोजन मोहोरा र २४ बर्षीय पवन चौधरीको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १ ग्राम बरामद भए संगै नियन्त्रणमा लिएको हो । सोहि दिन बिराटनगर महानगरपालिका-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका अग्नीसाईर कृष्णासवरण-३ सप्तरीका २० बर्षीय पारस चौधारीको साथबाट ऐभिल, डाईजापाम, फेनारागन र लुपिजेसिक सहित ६४ एम्पुल लागुऔषध बरामद गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।