धरान ८ स्थित सहिद माद्यामिक बिधालयमा गत वर्षदेखि कक्षा ९ देखि १२ सम्मको प्राविधिक धारको कम्प्युटर इन्जिनियरीङ तर्फको पढाई भईरहेको छ । धरानमा रहेका सरकारी बिधालयहरुको माझमा पछील्लो समय उत्कृष्ट बन्दै गएको र अभिभावकहरुको रोजाइमा पर्दै गएको सहिद मावीले यस बर्षदेखी प्रतिस्पर्धा मार्फत प्राविधिक शिक्षामा भर्ना लिने भएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी शैक्षिक सत्र २०८१ को भर्ना बारे जानकारी दिएको हो ।विद्यालयले यस वर्षको प्राविधिक विषयको भर्ना लिदा प्रवेश परिक्षा मार्फत प्रतिस्पर्धा गराएर मात्र लिने बिधालयका प्र अ राम बहादुर बिष्टले जानकारी दिए ।गत वर्षदेखि संचालन भएको कक्षा ९ देखि १२ सम्मको प्राविधिक धारको कम्प्युटर इन्जिनियरीङ तर्फको पढाई भईरहेकोले पछील्लो समय बिधार्थीहरु को चाप सरकारले दिएको कोटा भन्दा धेरै आएपछी खुल्ला प्रतिस्पर्धा गराएर भर्ना लिइने विद्यालयका प्र अ विष्टले जानकारी दिएका छन् । गत वर्ष स्विकृति भएकोले पढाई शुरु गर्न ढिला भएकोले विद्यार्थी संख्या निर्धारित कोटा भन्दा कम भएको थियो ।यस वर्ष ४८ कोटाको लागि १ सय भन्दा वढी विद्यार्थीहरुबाट कक्षा ९ मा प्राविधिक धारमा सरकारले ४८ जनको कोटा निर्धारण गरेको छ ।
।प्राविधिक शिक्षा आजको आवस्यकता भएकोले प्राविधिक धारतर्फ विद्यार्थी र अभिभावकहरुको ध्यान आकृष्ठ हुदै गएको प्रअ. विष्टको भनाई रहेको छ ।प्राविधिक धार तर्फमा पनि कम्प्युटर शिक्षा अझ वढी विश्व बजारमा माग वढदै गएकोले पनि यस क्षेत्रमा अभिभावक र विद्यार्थीको थप आकर्षण हुने दावी विष्टको रहेको छ ।यस क्षेत्रमा अध्ययन गरेका विद्यार्थीैहरु स्वदेशमा स्वरोजगार हुनुका साथै विश्व वजारमा पनि काम गर्न योग्य दक्ष दक्ष जनशक्ति उत्पादन हुने विष्टको भनाई रहेको छ ।सोही कार्यक्रममा वोल्दै विष्टले आगामी शैक्षिक सत्रमा कक्षा १ देखि ९ सम्म नै भर्नाका लागि प्रवेश परिक्षा मार्फत प्रतिस्पर्धा गराएर भर्ना लिइने समेत जानकारी दिएकाछन् । प्रअ।विष्टले यस वर्ष कक्षा ८ मा अंगेजी माध्यममा संचालन गर्न लागिएको पनि जानकारी दिएकाछन् । आगामी शैक्षिक सत्रबाट नयाँ ढङ्गले नयाँ कार्यक्रम बनाउने तयारी गरिरहेको पनि बिष्टले जानकारी दिए । बालविकास र कक्षा १० बाहेकमा प्रवेश परीक्षा लिने, कम्तिमा ५० जना कक्षामा सङ्ख्या रहने योजना अघि बढाएका छौँ । विस्तृत शैक्षिक कार्यक्रम निर्माण गर्न विद्यालय व्यवस्थापन समितिले निर्देश गरेको कार्यक्रम निर्माण गरी बृहत् छलफलपछि लागू गर्ने विद्यालयको योजना रहेको बिष्टले बताए ।