बरिष्ठ कलाकार हरिबंश आचार्यले यस बर्षकै बहुचर्चित चलचित्र ‘महाजात्रा’ मा आफ्नो क्यारेक्टरको बारेमा खुलासा गरेकाछन । आइतबार ‘महाजात्रा’ को ट्रेलर रिलिज कार्यक्रममा उनले आफ्नो क्यारेक्टर बारे खुलाएका हुन । प्राय जसो कमेडी अनी मुख्य भूमिकामा देखिदै आएका आचार्यको सम्भवत खलपात्रको रुपमा यो पहिलो हुन सक्छ । उनले आफ्नो क्यारेक्टरको बारे थप स्पस्ट पार्दै परिस्थितीले कहिलेकाही खलपात्र पनि पोजिटिभ पात्र बन्ने भन्दै उनले नेगेटिभ र पोजिटिभ पात्र संगै नभए सफल नहुने भन्दै, नेगेटिभ र पोजिटिभ तार मिलेर मात्र बत्ती बल्ने उदाहरण दिए । एउटा स्टोरी बिल्डप गर्नलाई हरेक सिनेमामा खलपात्र हुन जरुरी रहेको भन्दै खलपात्र प्रमुख पात्र पनि हुनजाने दावी गरे । सिनेमामा हिरो बनाइए पनि खलपात्रले फिल्मको कथालाई बाध्ने काम गर्ने उनको दावी थियो । खलपात्र हुन साथ कुटाइ खान पर्ने भिरबाट लडाउन पर्ने भन्ने खालपात्र नभएर देशलाई भिरबाट खसाल्न खोजिरहेको खलपात्रको रुपमा आफु ‘ ‘महाजात्रा’ मा रहेको स्पस्ट पारे ।
प्राय गरेर धन सम्पती लाई मुख्य बिषयबस्तु बनाउदै आएको जात्राको तेस्रो सिक्वेल ‘महाजात्रा’ ले पनि पैसाकै कारोबार र भाग दौडलाई देखाएको छ । तीन बेरोजगार युवाहरुलाई कालोधन लाई व्यवस्थापना गर्न गरेको भाग दौड र संघर्षको कथा ‘महाजात्रा’ बोल्ने स्पस्ट देखिन्छ । देशको गम्भिर बिषयलाई कमेडीको माध्यम द्वारा सर्वसाधारणले सजिलै बुझ्न् सक्ने सिनेमा लेख्न र निर्देशन गर्न खप्पिस प्रदीप भट्टराईले ‘महाजात्रा’मा पनि देशका नेताले कमाएका अतुक सम्पती र कालो धनलाई व्यवस्थापना गर्न सोझा बेरोजगार युवाहरुलाई प्रयोग गरी भरिया बनाइए पनि अत्याचार सहन नसकेसी भरिया युवाहरुले अन्तमा सत्य कुरा बाहिर ल्याउन गरिएको संघर्षले सिनेमालाई अझ गज्जव बनाएको छ । जतिनै लुकाउन खोजेपनी सत्य कहिले लुक्दैन झुटो कहिले टिक्दैन भन्ने फिल्मको अर्को मुख्य थिम देखिन्छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ । निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ मा ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका हुन ।