हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज । विवाहित नारीले भगवान शिवको पूजाआराधना गरी पतिको दिर्घायुको कामना गर्दै भने अविवाहित नारीहरुले असल पती प्राप्तीको लागी ब्रत बसेर तीज मनाउदै छन । पार्वतीले भगवान शिव पतिका रुपमा पाऊँ भनेर गरेको ब्रतलाई नै हरितालिका तीजका भनिएको हिन्दु धर्ममा उल्लेख गरिएको छ। आफ्ना पिताले आफ्नो विवाह भगवान विष्णुसँग गरिदिन लागेको थाहा पाएपछि चिन्तित भएकी पार्वतीलाई उनका साथीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सो स्थानमा नै पार्वतीले निर्जला ब्रत बसेको हुनाले हरितालिका ब्रत भन्ने गरेको धार्मिक मान्यता रहेको छ।संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ।
Photo : social Media
यही तिज आउन भन्दा दुई तीन महिना अगाडी बजारमा अनेक अनेक भाकाका तीज गीतहरु बजारमा सार्वजनिक हुन्छन । केही छाडा शब्द प्रयोग भएका गीत देखी उच्छृङखल शब्दहरु भएका गीतहरु दर्जनौ सार्वजनिक हुन्छन । तर तीजमा एउटा गीत गुन्जेन भने कसैलाई पनि तीज आएजस्तो लाग्दैन त्यो गीत हो नेपाली चलचित्र कन्यादान को तीजको रहर आयो बरिलै । झन्डै तीन दशक अघि निर्मित ‘कन्यादान’ चलचित्रमा समावेश ‘तीजको रहर आयो बरी लै’ गीत अहिले पनि उत्तिकै लोकप्रिय र चर्चामा छ। तीजको पर्याय जस्तै बनेको यस गीतमा अभिनय गरेकी एकजना कलाकार बसुन्धरा भुषालले तीज भन्ने बित्तिकै मानिसहरू यही गीतलाई सम्झने गरेको बताउँछिन्। तीजमा अनिवार्यजस्तै बन्न पुगेको यो गीत सदाबहार हुनुमा यसको शब्द, सङ्गीत र मौलिकपना मुख्य रहेको यस गीतका नृत्य निर्देशक बसन्त श्रेष्ठ बताउँछन्। यो गीत अहिलेपनी उतिकै लोकप्रिय र चर्चित छ जुन गीत कहिले पनि पुरानो भएन ।