Saturday, April 1, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

काठमाडौं वर्ल्ड स्कुलको एजुकेशनल टुर धरानमा , शाखा खोल्न सुझाव

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन २० गते २२:५२ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
काठमाडौं वर्ल्ड स्कुलको एजुकेशनल टुर धरानमा , शाखा खोल्न सुझाव
39
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं वर्ल्ड स्कुलको एजुकेसनल टुर शनिवार धरानमा सम्पन्न भएकोछ । गुणस्तरीय शिक्षा पाउन बिदेश जान पर्ने बाध्यतालाई अन्त्य गर्न स्वदेशमै अन्तररास्ट्रीय स्तरको शैक्षिक गुणस्तर दिने उद्देश्यले भक्तपुरमा स्थापना गरिएको काठमाडौं वर्ल्ड स्कुलले आफ्नो स्कुलको बारेमा जानकारी दिन कोशी प्रदेशका तीन शहर बिर्तामोड धरान र बिराटनगरमा एजुकेशनल टुर आयोजना गरी शनिबार धरान आईपुगेको हो ।टुरमा स्कुलका चेयरमान इन्जिनियर डाक्टर मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि स्थापना भएको काठमाडौं वर्ल्ड स्कुलको बारेमा प्रिन्सिपल केशर बहादुर खुलालले जानकारी दिए । उनले स्कुलको शैक्षिक कार्यक्रम सहित भौतिक पुर्वधारहरुको बारेमा पनि जानकारी दिए । भौतिक पुर्वधार र शैक्षिक गुणस्तरकै कारण पनि स्कुल विशिष्ट श्रेणीको स्कुल रहेको दावी गरे । प्रिन्सिपल खुलालले शान्त तथा सौहार्दपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए । उनले वर्षेनि नेपाल वाहिर जाने विद्यार्थीलाई नेपालमै शिक्षा प्रदान गर्न स्थापित स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । गुणस्तरिय शिक्षाका लागि योग्यता र त्यसप्रतिको सर्मपीतता महत्वपूर्ण विषय रहेको बताउंदै खुलालले शिक्षकलाई त्यसतर्फ केन्द्रीत गराउन आवश्यक रहेकोमा जोड दिएका छन् ।


कार्यक्रममा स्थानीय व्यबसायी , शिक्षक , पत्रकार स्वास्थ्यकर्मी लगायतको उपस्थित रहेको थियो । उपस्थित सहभागीहरुले स्कुलको बारेमा जिज्ञासा राखेका थिए । जिज्ञासा राख्ने मध्ये धेरै जसोले यही गुणस्तरमा उपत्यका बाहिर पनि स्कुल स्थापना गर्न कतीको सम्भव छ भन्ने जिज्ञासामा प्रिन्शिपल खुलालले यस बिषयमा पनि सोच्न सक्ने बताए । खुलालले ५ बर्षको छोटो समयमै स्कुलले धेरै उपलब्धी हासिल गरेकोले मोफसलका अभिवाकहरुको मागलाई सम्बोधन गर्न केही समय लाग्ने बताए । ५ बर्षको अवधीमा नेपालकै बेस्ट स्कुल बनेको दावी गरे । हाल स्कुलमा ९०० जना बिधार्थीहरु अध्ययनरत रहेकाछन ।


व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले शुक्रबार बिर्तामोडमा एजुकेस्नल टुर गरिसकेको छ । सोहीअनुसार विराटनगरमा पनि भोली(आइतबार) विहान ८ बजे कार्यक्रम आयोजना हुने छ । वर्ल्ड स्कुल शैक्षिक जगतमा चिरपरिचित नाम हो । छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ । स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ । स्कुलको पूर्वाधार र सुविधाहरू समेत अत्याधुनिक र सुविधा सम्पन्न छन् । कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्नेमा वर्ल्ड स्कुलले जोड दिदै आएको स्कुलका चियरम्यान इन्जिनियर डाक्टर मिथिलेश कुमार झाले बताए ।

Previous Post

२३ औं बुढासुब्बा गोल्डकपको च्याम्पियन ‘एभेनिर एफसी’ क्यामरुन

Next Post

१० दिने धरान एक्स्पो – २०७९ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist