धरान फुटबल क्लबको आयोजना धरान १६ स्थित धरान रङ्गशालामा सम्पन्न २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधी एभिनिएर एफसी, क्यामरुनले उचालेको छ । शनिबार भएको फाइनल खेलमा काँकडभिट्टा एफसीलाई १–० गोल अन्तरले पराजित ग्र्दै एभिनिएर च्याम्पियन बनेको हो । च्याम्पियन एभिनिएर एफसीले रु १० लाख र उपविजेता काँकडभिट्टा एफसीले रु ५ लाख रुपैयाँ प्राप्त गरेको छ । यसैगरी प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर अफ द टुर्नामेन्टको अवार्ड काँकडभिट्टा एफसीका मिलन राई बने उनले रु एक लाख प्राप्त गरे ।खेलको सर्वाधिक गोलकर्ता अवार्ड पनि काकडभिट्टा एफसीकै निशान लिम्बु बने उनले नगद ३५ हजार प्राप्त गरे ।
उत्कृष्ट गोल्किपर प्रमिजय गच्छदार ,उत्कृष्ट डिफेन्डर , सागु (एभेनिर एफसी)उत्कृष्ट मिडफिल्डर जो एल्डो (एभेनिर एफसी),उत्कृष्ट फरवार्ड योमी (काकरभिट्टा एफसी),उत्कृष्ट प्रशिक्षक आशिक थापा (एभेनिर एफसी),उनीहरु सबैले जनही २५ हजार नगद प्राप्त गरेका छन् । फाइनल खेलका म्यान अफ दि म्याच घोषित हुदै क्यामरुनका रिचर्ड विल्सनले नगद १० हजार थापे भने उदयीमान खेलाडीको पुरस्कार धरानका विनोद राई घोषित हुदै नगद १० हजार पाए । विजेतालाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, धरानका मेयर हर्क साम्पाङ राई र धरान एफसीका अध्यक्ष किशोर राईले पुरस्कार वितरण गरेका थिए ।