कोरोना भाईरस कोभिड १९ का कारण दुई बर्ष स्थगित भएको मोफसलकै पुरानो अन्तरराष्ट्रिय आमन्त्रण गोल्ड कप बुढा सुब्बा गोल्डकपको २३ औ संस्करण अगामी फागुन १३ गते देखी फागुन २० गते सम्म धरान- १६ स्थित धरान रंगशालामा आयोजना हुने भएकोछ । २३ औ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुबा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगीता बारे जानकारी दिन आईतवार गरिएको पत्रकार सम्मेलन प्रतियोगिता बारे जानकारी गराइएकोछ । तीन वटा बिदेशी टिम सहित ८ टिमले सहभागीता जनाउने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । सहभागी टिमहरुमा KBPS, बंगलादेश , AVENIR F.C. केमरुन , UK F.C. भारत, नेपाल पुलिस क्लब काठमाण्डौ, K.F.T.C झापा , एण्फा मोरङ र आयोजक धरान फुटबल क्लब धरान रहने आयोजकले जनाएकोछ । २०५५ सालदेखि निरन्तर रुपमा आयोजना हुँदै आइरहेको बुढासुब्बा दुबोर्ग गोल्डकप दुई वर्ष को स्थगन पछि पुनः आयोजना गर्न हाम्रो लागि चुनौतिपुर्ण रहेको अध्यक्ष किशोर राईले जानकारी दिए ।
बिभिन्न समस्याका कारण हुन नसकेको यसपटक भने पुरस्कार राशीमा वृद्धि गर्न नसकेपनी बिभिन्न बिधामा भने वृद्धि गरिएको छ । २३ औ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुबा टुबोर्ग गोल्डकप फुटबल का बिजेताले नगद रु दस लाख र ट्रफी मेडल , उप – बिजेताले पाच लाख , प्रत्येक खेलको म्यान अफ दि म्याचले दश हजार , प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले एक लाख , उत्कृष्ट गोल रक्षकले रु २५ हजार , उत्कृष्ट डिफेन्सले २५ हजार ,उत्कृष्ट मिड्फिल्ड रु २५ हजार , उत्कृष्ट स्ट्राइकर रु २५ हजार , उत्कृष्ट प्रशिक्षक रु २५ हजार र सर्वाधिक गोलकर्ताले रु ३५ हजार प्राप्त गर्ने आयोजकले जनाएकोछ ।
धरान फुटबल क्लब आयोजक रहेको प्रतियोगिताको संयोजक धरान उपमहानगरपालिका , मुख्य प्रायोजक टुबोर्ग बियर , सह प्रायोजकमा somersby , नेको इन्स्युरेन्स , राष्ट्रिय बाणिज्य बैंक ,एनी स्पोर्टस , आईएमई ,सुनसरी टेक्निकल कलेज , डाइनामिक फुड र अन्नपूर्ण सिमेन्ट रहेकाछन । यसैगरी बिशेष सहयोगीमा १ नम्बर प्रदेश सरकार , राष्ट्रिय खेलकुद परिषद , खेलकुद बिकास बोर्ड , १ नम्बर प्रदेश ,एन्फा , धरान हङ्कङ मन्च , र हङकङ नेप्लिज युथ एशोसियसन हङ्कङ रहेका छन । प्रतियोगीताको जम्मा लागत एक करोड ९ लाख ५० हजार रहेको आयोजकले जनाएको छ ।