प्रेम कथामा आधारित चलचित्र निर्देशन गर्न माहिर निर्देशक दिनेश राउत पुन यहि विधामा फर्किएका छन । पछिल्लो समय सामाजिक बिषय बस्तुमा आधारित रहेका चलचित्र निर्देशन गरेका दिनेशको चलचित्रहरु सरदर मात्र चले । उनमा भएको प्रेम कथामा आधारित चलचित्र निर्देशन गर्न रहेको खुवी अब दर्शकहरुले फेरी हेर्न पाउने भएका छन । पछिल्लो समय उनले निर्देशन गरेको चलचित्र प्रकाश, महाभोज, पुजार सार्की, प्रसाद बक्स अफिसमा खासै जम्न नसकेपछि दिनेश पुन प्रेम कथामा आधारित चलचित्र “कुमारी” लिएर आउने भएका छन ।

काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो। यसै कार्यक्रममा मुख्य कलाकारको रूपमा अभिषेक खड्का र आकृति राजभण्डारीलाई प्रस्तुत गरिएको छ। निर्माण घोषणा कार्यक्रममा यहि चलचित्रमार्फत पाश्र्व गायनमा डेव्यु गर्न लागेका गायक केहर सिंह लिम्बु र उनको ब्याण्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुतिले थप रौनक थपेको थियो। लिम्बुले यसै चलचित्रको गीत ‘कहाँ छौ’ प्रस्तुत गरे।

‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका राउत, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित चलचित्रका लागि चिनिन्छन्।पुजार सार्कीु चलचित्रभन्दा अगाडि नै निर्माण थालिएको कुमारी विविध कारणले अहिले छायाङ्कनमा जान लागेको निर्देशक राउतले जानकारी दिए । दर्शकको चाहनाअनुसार आफू फेरि प्रेमकथामा फर्किएको उनले बताए। छायांकन समाप्ती संगै चलचित्र रिलिज मिति पनि तय गरिने निर्देशक राउतले जानकारी दिए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।