पछिल्लो समयका चर्चित कलाकार खगेन्द्र लामिछाने र वर्षा राउतको मुख्य भुमीका रहेको चलचित्र े “हर्ष” को पोष्टर सार्वजनिक सार्वजनिक भएको छ । सार्वजनिक भएको पोष्टरमा मुख्य कलाकारहरू खगेन्द्र लामिछाने र वर्षा राउत संगै नीर शाह, शर्मिला मल्ल, सन्तोष पन्त, विशाल पहाडी लगायतका कलाकारहरूलाई पनि प्रस्तुत गरिएको छ । यहि मंसिर १२ गतेबाट प्रदर्शनमा आउन लागेको “हर्ष” को पोष्टर हेर्दा पारिवारीक चलचित्र बनेको सजिलै बुझन सकिन्छ । एकता पौडेलको डेब्यू निर्देशनमा तयार भएको चलचित्रले पारिवारिक जीवन र आरोह अवरोहको कथा पेश गर्दैछ ।
प्रसन्न पौडेल र विकास पौडेलको निर्माण र हिक्मत चोखल कार्यकारी निर्माता रहेको चलचित्रमा माओत्से गुरुङ, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टी महर्जन, संगीता नापितको पनि मुख्य भूमिका छ । अष्ट लक्ष्मी प्रोडक्सन्स् र ई प्राइम मुभिजको व्यानरमा निर्माण भएको यो फिल्मको कथा एकताले नै लेखेकी हुन् । फिल्ममा आलोक शुक्लाको डीओपी, समीर–हिमाल, वसन्त सापकोटा र एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहने निर्माण टिमले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।