पछिल्लो समयका चर्चित नायक प्रदिप खडकाको मुख्य भुमीका रहेको चलचित्र ‘एक्लो’ को भिडियो पोष्टर सार्वजनिक भएको छ । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको साइन्स फिक्सन सिनेमा ‘एक्लो’को भिडियो पोस्टर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक भिडियो पोस्टरमा मुख्य कलाकारलाई स्थान दिइएको छ । भिडियोमा सिनेमा डिसेम्बर अर्थात् आगामी पौषमा रिलिज हुने बताइएको छ । तर, कुन मितिमा प्रदर्शन हुनेछ भन्ने खुलाइएको छैन् ।


सार्वजनिक भिडियोमा सिनेमाका कलाकारहरु प्रदीप खड्का, बेनिशा हमाल, दीया मास्के, विजय लामा, सुनील थापा, सुरजसिंह ठकुरी, कविता नेपाली, एवन राज उप्रेती र बेलायती अभिनेता जेमी बेकन क्यारेक्टर लुक्समा प्रस्तुत छन् । प्रदीप योद्धाको भूमिकामा देखिएका छन् । उनको पृष्ठभूमिमा दौडिरहेको सेतो घोडा र आगो देख्न सकिन्छ । यसले उनको पात्र शक्तिशाली रहेको बुझाउँछ ।

‘एक्लो’मा दिनेश डीसी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकारहरु जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतको पनि अभिनय रहेको छ । करिब २ महिनादेखि सिनेमाको बेलायतमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । गत मेमा भएको विश्वविख्यात कान्स फेस्टिभलमा स्टल नै राखेर सिनेमाको प्रचार गरिएको थियो ।

रुपेश गुरुङको सम्पादन तथा राजु तामाङको द्वन्द्व निर्देशन चलचित्र ‘एक्लो’ लाई राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङले संयुक्त रुपमा निर्माण गरेकाछन भने विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेका छन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।