Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो डान्सिङ गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ रिलिज

आगामी श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो डान्सिङ गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ असार १९ गते २१:४९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो डान्सिङ गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ रिलिज
52
SHARES
Share on FacebookShare on Twitter

आगामी श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो डान्सिङ गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ रिलिज भएको छ । अरव देशमा गएर रोजगार गर्ने नेपाली युवायुवतीहरुको वास्तविक घटनालाई मुद्दालाई मुख्य विषयवस्तु बनाएको चलचित्रको यो गीत दोस्रो गीत हो । एक युवायुवती बिचको प्रेममा पारिवारीक दवावको भावलाई प्रस्तुत गीतमा रामचन्द्र काफले र जुनु रिजाल काफलेको आवाज रहेको छ । प्रदीप भारद्वाजको शब्द र रामचन्द्र काफ्लेको सङ्गीत रहेको छ । गीतमा अभिनेता प्रमोद चौलागाईं र अभिनेत्री निता अधिकारी को अभिनय र नृत्य गज्जवको छ ।

 

गीतको बोलले नै केटी पक्षबाट ज्वाइँको रूपमा विदेशमा कमाउने केटाको अपेक्षा रहेको स्पष्ट पार्छ । निता अधिकारीले गीतमा आफू विदेशमा कमाउन गएको केटा खोजिरहेको भाव व्यक्त गरेकी छन् । यसको प्रत्युत्तरमा प्रमोद चौलागाईंले आफू पनि विदेश जाने तयारी गरिरहेको कुरा गरेका छन् । यो गीतले प्रमोद र निता दुवैका पात्रहरूको पृष्ठभूमि र उनीहरूको सम्बन्धलाई प्रारम्भिक रूपमा दर्शकमाझ परिचित गराउन मद्दत पुर्‍याएको छ ।यस गीतले नेपाली समाजमा वैदेशिक रोजगारीले सिर्जना गरेको आर्थिक र सामाजिक प्रभावलाई प्रतिबिम्बित गरेको छ ।

ADVERTISEMENT

चलचित्रका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’लाई हरेक नेपालीको कथा भनेर दाबी गरेका छन् । यस चलचित्रले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्ने उनले बताए । चलचित्रको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ । ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो । यी दुवै नामको संयोजनले नेपाली श्रमिकहरूको लागि मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्छ, जहाँबाट लाखौँ नेपालीहरूले आफ्नो परिवारको गुजारा चलाउन र राम्रो भविष्यको खोजीमा काम गरिरहेका छन् । यो नामले नै चलचित्रको मूल विषयवस्तु र वैदेशिक रोजगारीका पाटाहरूमाथि प्रकाश पार्न खोजेको देखिन्छ ।

चलचित्रका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसी को सङ्गीत रहेको छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्ले को स्वर सुन्न सकिनेछ । गीतका शब्दहरू अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसी ले लेखेका छन् । ‘रियाल रिङ्गेट’ को छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । यो चलचित्रलाई काफिया फिल्म्स ले वितरण गर्नेछ ।

चलचित्रमा प्रमोद चौलागाईं र निता ढुङ्गानाका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको लेखन प्रदीप भारद्वाज ले गरेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।

Previous Post

प्रदर्शन अगावै एकपछि अर्को रेकर्ड राख्दै ‘माइतीघर’ , अष्ट्रेलिया पर्दशनको लागि महंगोमा बिक्यो

Next Post

धरान सिटि फुटबल क्लब प्रा.लि. ले धरानमा फुटवल प्रतियोगिता गर्ने, ट्रफी सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist