धरान सिटि फुटबल क्लब प्रा.लि. ले धरानमा नकआउट फुटवल प्रतियोगिता गर्ने भएको छ । विहिबार नेपाल पत्रकार महासंघ सुनसरीको धरान स्थित कार्यलयमा पत्रकार सम्मेलनको आयोजनागरी प्रतियोगिताबारे आयोजकले जानकारी दिएको छ । खेलकुदको शहर धरानमा वडादेखि राष्ट्रिय अन्र्तराष्ट्रिय प्रतियोगीताहरु हुदै आएका छन । धरानमा खेलकुदका विभिन्न आयामहरु भए पनि विशेषगरि यो क्लबले फुटवल खेललाई प्राथमिकतामा राखेको क्लवका अध्यक्ष विवेक राईले जानकारी दिए ।
धरानको सन्दर्भमा फुटबल खेल ज्यादा रुचाइएको र फुटबल खेलमा पक्षीय खेलाडीहरुवीच सामूहिक भावना हुने भएकोले फुटबल खेललाई अलि बढी प्राथमिकतामा राखेको राईको भनाई छ ।प्रतियोगीता धरानभित्र रहेका फुटवल क्लवहरुवीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । खेल नकआउटको आधारमा खेलाइने भएको छ ।
प्रतियोगिता २०८२ भदौ महिनाको २८ गतेदेखि असोज ४ गते सम्म संचालन हुनेछ । नक आउट आधारमा हुने यो प्रतियोगितामा आयोजकसहित धरानका ८ वटा क्लबहरुले प्रतिस्पर्धा रहनेछ । खेलका सबै प्रतियोगिता धरान १६ स्थित धरान रङ्गशालामा हुने आयोजकको भनाई छ ।
प्रतियोगीताको विजेता टोलीले नगद रु। १,००,०००।( ९अक्षरेपी एक लाख र उपविजेता टोलीले नगद रु। ५०,०००।( ९अक्षरेपी पचास हजार० सहित ट्रफि, मेडल र प्रमाणपत्र रहने छ । विजेता तथा उपविजेता टोलीले प्राप्त गर्ने नगदमा म्यान अफ द म्याच, वेस्ट प्लेयर, बेस्ट डिफेन्स, वेस्ट गोलकिपरले पाउने पुरस्कार अध्यक्ष राईले जानकारी दिए ।