यहि दशैको फुलपातीको दिनबाट प्रदर्शन मिति तयगरेको प्रतिक्षित चलचित्र माइतीघर ले प्रदर्शन अगावै एकपछि अर्को रेकर्ड बनाउदै आएको छ । चलचित्रमा छनोट गरिएको जम्बो स्टार संगै, छायाँकनको समयमा चारित्रीक पोस्टर सार्वजनिक, गीतसंगीत सबैले चर्चा बटुल्दै आएको चलचित्र माइतघर अव अष्ट्रेलिया प्रदर्शनको लागि महंगो मुल्यमा बिक्रि भएको खवर बाहिरीएको छ । धमाधम पोस्ट प्रोडक्सन भइरहेको छ ।
यो चलचित्रको हालसम्म अफिसियल पोष्टर, टिजर, ट्रेलर तथा गीत लगायतका प्रोमोसनल कन्टेन्ट केही सार्वजनिक भएको छैन । तर, यसको हाईप भने निकै बढेको बुझ्न सकिन्छ । मिलन तामाङ निर्देशित र रोहित अधिकारी निर्मित बहुप्रतीक्षित यो चलचित्र ‘माइतीघर’ ले विदेशी बजारमा धमाका मच्चाउन सुरु गरेको छ ।
अस्ट्रेलियाको हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामी र प्रकाश गैरेले खरिद गरेको यो अधिकारसँगै फिल्मको लगानीको ठूलो हिस्सा सुरक्षित भएको निर्माण टिमले जनाएको छ । पोस्टर नआउँदै गरिएको यस्तो ठुलो डिलले फिल्मप्रति वितरकको भरोसा र बजारको उत्सुकता झल्काउँछ । निर्माता अधिकारीका अनुसार, अन्य देशहरूमा पनि चलचित्रको बिक्री प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ ।
चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङ्देल मुख्य भूमीकामा रहेका छन। सुसन प्रजापतिको छायांकनमा निर्माण भइरहेको ‘माइतीघर’ मा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता छन ।