यहि असार २६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले शुभकामना सन्देश पठाएको छ । पत्रमा ‘ चलचित्रलाई समाजको हरेक तह र तप्काबीचमा पुर्याउने कार्यको लागि सरोकारवालाहरूको आवश्यक सहयोग रहने छु भन्ने कुरामा विश्वास राख्छु । यस्ता समाजोपयोगी चलचित्र निर्माणमा यहाँहरूको निरन्तर योगदानको अपेक्षा राख्दै सफलताको शुभकामना व्यक्त गर्छु, केन्द्रका निर्देशक विजयराज बढुदवारा प्रेसित पत्रमा उल्लेख छ ।
पत्रमा ‘पद्मा ईश्वर ईन्टरनेट प्रालिद्वारा निर्मित नेपाली चलचित्र विशुद्ध नेपाली भाषा र संस्कृतिमा आधारित चलचित्र हो । यस्ता प्रकृतिका समाजमा सकारात्मक प्रभाव पार्ने चलचित्रहरुलाई राज्यका निकाय लगायत तथा सरोकारवाला समाजिक संघ–संस्थाले संरक्षण सम्वर्द्धन गर्नु पर्ने देखिन्छ । भविष्यका कर्णधार आजका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृति प्रति गर्व गर्न तथा नेपाली हुनुमा उच्च सम्मान महसुस गराउने भएकोले विशेषतः विद्यालयस्तरका बालबालिकालाई यो चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई सरोकारवाला निकाइको अनुमति तथा स्वीकृति लिई देखाउनु उपयुक्त हुने देखिन्छ ।
देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक देशभक्तिपूर्ण चलचित्र निर्माण गर्नु भएकोमा निर्माण टिमलाइ विशेष धन्यवाद दिन ज्ञापन गर्छु ।’ भनी लेखिाएको छ । नयाँ पुस्ताका नेपालीलाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तु सामवेश गरिएको निर्देशक मित्र प्रधानको दावी छ । फिल्मका निर्माता तथा कलाकार रोशन श्रेष्ठले यो फिल्म हरेक नेपालीले हेर्नु पर्ने शैलीका बनेको बताउँछन् । अभिनेता विजय बरालले पनि फरक फिल्म भएको र यसले नेपाली भाषा, साहित्य र कलालाई जोड्ने काम गरेको बताउँछन् ।
विल्सन विक्रम राईले यो फिल्म उत्कृष्ट बनेको बताएका छन् । अनिभेत्री आयुषा समालले आफू विदेशमा बसेर पनि नेपाली भाषा सिक्न र जोगाउन लागेको बताउँछिन् ।पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान ९रोशन० ले निर्माण गरिएको चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।