गत फागुन २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘अन्जिला’ यती बेला ११ औ दिनमा भव्यरुपमा प्रदर्शन भैरहेको छ । प्रदर्शन अगावै युके, हङकङ र कोरियामा प्रिमियर गरेर नेपाल प्रदर्शन सुरु गरिएको चलचित्र ‘अन्जिला’ ११ औ दिन सम्मपनी नेपालका सबै सिनेमाहलहरुमा हाउसफुल भएपछी बिदेश प्रदर्शनका लागी डिमाण्ड ह्वात्तै बढेको छ । चलचित्रकी मुख्य कलाकार अन्जिला तुम्बापो सुब्बा नेपालमा छैनन । उनी व्यवसायिक फुटबल खेल्नको लागी ग्रीसमा छिन ।
उनको चलचित्र ‘अन्जिला’ देशभरका सिनेमाहलहरुमा हाउसफुलका साथ व्यापार गर्दा चलचित्रका निर्देशक मिलन चाम्स आँफै चलचित्रको टिमलाई लिड गर्दै सिनेमा हल हलमा गएर दर्शक भेटन व्यस्तछन । काधमा मेगाफोन माइक्रोफोन भिरेर बिहानै देखी हलहलमा दौडिरहेकाछन निर्देशक चाम्स ।
यस अघी पनि दुई वटा बायोपिक बनाइसकेका चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनमा आधारित रहेर निर्माण गरिएको चलचित्रको निर्माण निर्देशनको जिम्मेवारी काधमा लिएका चाम्सले त्यो जिम्मेवारीको भार भन्दा अहिले सफलतामा बोकेको माइकको भार केही हैन यो सहज छ । देशैभरीका सिनेमाहलहरुबाट दर्शकहरुले कलाकारहरुको उपस्थितीको माग गर्दा सबै ठाउमा पुग्न सकेको छैन निर्माण टिम ।
तर चलचित्रमा अन्जिलाको आमाको भूमिकामा रहेकी सिर्जना सुब्बा भने बेलायतबाट नेपाल आएर दर्शकहरु सँग भेटघाट गर्दै माया साटिरहेकिछिन । बेलायतमा रहदा दर्शकहरुको माया देखेर दिन रात सुत्नै सकिन अनी नेपाल आए एयरपोर्ट ओर्लेपछी सिर्जनाले मिडिया सँग भनिन । यतिबेला निर्देशक चाम्स, कलाकार सुब्बा, निर्माता प्रेम कुमार श्रेष्ठ र निर्माण टिम कथामाण्डौ भक्त्तपुर र ललितपुरको सिनेमाहलहरुमा बिहानै देखी दौडीरहेकाछन । चलचित्र यतिबेला देशभरका सिनेमाहलहरुमा शो थपिएरपनी हाउसफुलका साथ प्रदर्शन भैरहेको छ । यस बर्षको अर्को हिट फिल्मका रुपमा चलचित्र अन्जिलाले बक्स अफिसमा नाम लेखाइ सकेको छ ।अझै पनि यो बर्षको अन्त्य सम्म चलचित्रले प्रदर्शन को लागी दर्शकहरुको साथ पाउनेमा दुइमत छैन ।
चलचित्रको प्रमुख अभिनेत्री अन्जिला तुम्बापो एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘अन्जिला’ ले अन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा पेश गर्नेछ । जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको जानकारी निर्माण टिमले दिएको छ ।चलचित्रमा अन्जिला संगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ ।
निर्माता प्रेम कुमार श्रेष्ठले पनि सिनेमामा मुख्य भूमिका निर्वाह गरेका छन् ।मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेका हुन् । विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् । सिनेमामा सुदीप बरालको डिओपी, मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् ।