यो बर्ष २०८१ को अन्तमा प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘बसन्त’ को ट्रेलर रिलिज भएको छ । अन्य चलचित्रको ट्रेलर भन्दा तुलनात्मक रुपमा लामो ट्रेलरमा धेरै कुरा अटाउन खोजिएको छ । ४ मिनेट ५ सेकेण्ड लामो ट्रेलरमा २०६२ को जनआन्दोलनले गाउमा ल्याएको परिवर्तन, जनयुद्दको असर र जातिय विभेद समस्यालाई ट्रेलरले गज्जब ले प्रस्तुत गरेको छ । गायक तथा नायक प्रकाश सपुतको डेव्यु निर्देशन रहेको चलचित्र ‘बसन्त’ले धेरै कुराको उठान गरेको अनुमान लगाउन सकिन्छ । ५ देखी १० मिनेटको गीतमा समेत धेरै कुरा देखाउन अटाउन खोज्ने सपुतले यो चलचित्रमा पनि धेरै कुरालाई देखाउन खोजिएको प्रस्ट छ । ट्रेलर हेर्दा पटकथा झनै गज्जब हुने विश्वाश छ ।
ट्रेलरमा देखाइएअनुसार स्कूले जीवनको किशोर किशोरीहरुको अन्तरजातिय प्रेम सम्बन्धले नेपाली रूढीवादी समाजमा भोग्नु परेको समस्यालाई गज्जबले प्रस्तुतु गरिएको छ । नेपालले भोगेको १० बर्से जनयुद्द र यसको सम्बन्ध र परिवर्तनको कुरालाई सकरात्मक र नकरात्मक दुबै किसिमले प्रस्तुत गरिएको छ । जात व्यवस्था प्रेमको बाधक बनेपछी विद्रोहका लागि माओवादी छापामार बनेकी स्वस्तिमा खड्काको सस्पेन्सन भुमिकाले चलचित्र हेर्न निकै उत्सुक जगाउछ ।
सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । सिनेमामा अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ । सपुतको ड्रीम प्रोजेक्ट ‘बसन्त’ निर्माण घोषणा देखिनै चर्चामा छ ।सबैले गरिरहेको कामलाई फरक तरिकाले गर्न रुचाउने सपुतले आफ्नै लेखन निर्देशनमा चलचित्र ‘बसन्त’ घोषणा गरेदेखिनै निकै चर्चामा छ । उनले निर्माण घोषणा गर्दा चलचित्रका लागी कलाकारहरुको परिचय र चलचित्रको बारेमा भिडियो मात्र देखाएका थिए । पोस्टर सार्वजनिक भएपछी झनै चर्चामा आएको ‘बसन्त’ दर्शकहरुको प्रतिक्षामा छ । चलचित्र यही चैत्र २२ गतेबाट प्रदर्शनमा आउँदै छ ।