Wednesday, December 3, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

फागुन २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘होस्टेल -३’ को बुकिङ खुल्यो

शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’ को प्रदर्शन मिति नजिकिएसँगै देशभर अग्रिम टिकट बुकिङ खुला भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ फाल्गुन २२ गते ०९:५२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
फागुन २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘होस्टेल -३’ को बुकिङ खुल्यो
51
SHARES
Share on FacebookShare on Twitter

शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’ को प्रदर्शन मिति नजिकिएसँगै देशभर अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो, र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो समावेश छन् । बुधवार साँझसम्म देशभर करिब १२० शो सङ्ख्याको अग्रिम बुकिङ सुरु भएको छ भने बिहीबार दिउसोसम्म करिब २५० शो प्राप्त गर्ने अपेक्षा निर्माताहरूले गरेका छन् । हलहरूले उपलब्ध गराएको शो सङ्ख्या हेर्दा यस चलचित्रको व्यापक ओपनिङको प्रक्षेपण गरिएको छ ।

‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएका थिए । यस कारणले नै तेस्रो भागलाई पनि दर्शकको राम्रो साथ मिल्ने अपेक्षा गरिएको छ । यो चलचित्र युवा पुस्तालाई लक्षित छ, जो नेपाली चलचित्रका मुख्य दर्शक वर्ग हुन्, उनीहरूबिच लोकप्रिय हुने सम्भावना छ । ‘होस्टेल ३’ को ट्रेलर र प्रचार-प्रसारले सकारात्मक हाइप बनाएकाले हल सञ्चालकहरूले बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान गरेका छन् । यसले गर्दा उनीहरूले अग्रिम रूपमा नै धेरै शो दिएका छन् ।

चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा बढेको थियो । ट्रेलर रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको ट्रेलरले २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरेको थियो भने हालसम्म यो क्रम २१ लाख माथि पुगिसकेको छ । हालसम्म पनि नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा रहेको ट्रेलर भारत, बेलायत, जापान, कोरिया, मध्यपूर्वका देशहरू सहित २० भन्दा धेरै देशमा ट्रेन्डिङमा आएको थियो । चलचित्रले भारतीय चलचित्र उद्योगहरूको विशाल संसारमा समेत ट्रेन्डिङमा प्रवेश गरी इतिहास कायम गरेको थियो ।

ADVERTISEMENT

निर्माण टिमले डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल, सञ्चार माध्यमहरू तथा विभिन्न कार्यक्रमहरूमा प्रभावशाली प्रचार गरिरहेको छ । जसको कारण हल सञ्चालकहरू पनि सकारात्मक छन् । त्यस्तै, यस चलचित्रमा युवा कलाकारहरूको नयाँ टोली रहेको छ, जसलाई दर्शकले नयाँपनका रूपमा हेर्नेछन् । साथै, डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेकोले उनीहरूको फ्यान फलोइङले पनि दर्शक तान्ने सम्भावना छ ।

सशान कँडेलले निर्देशक गरेको यस चलचित्रको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

चलचित्रको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन् । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन् ।

चलचित्रको छायाङ्कन निर्देशन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् । चलचित्रका एक्सन निर्देशक हिमाल केसी हुन् । सङ्गीतमा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल छन् । यसमा यम ओलीको प्रोडक्शन डिजाइन रहेको छ । नृत्य निर्देशन प्रवीण सिंह र रोशन विश्वकर्माले गरेका छन् । चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन् ।

 

Previous Post

सुरक्षा सेन्चुरी र बिजयको आवाजमा ‘सिटी अफ वार’ को पहिलो गीत रेलैमा इन्जिन सार्वजनिक

Next Post

मध्यरातमा धरानमा गाँजा तस्करहरूद्वारा प्रहरीमाथि आक्रमण प्रयास, प्रहरीद्वारा गोली चलाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist