Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘कार्साङ’को प्रचार प्रसार पुर्वका शहरहरुमा आक्रमक

चलचित्र ‘कार्साङ’को प्रचार प्रसार पुर्वका शहरहरुमा आक्रमक रुपमा भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ पुस १ गते १५:३६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘कार्साङ’को  प्रचार प्रसार पुर्वका शहरहरुमा आक्रमक
87
SHARES
Share on FacebookShare on Twitter

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘कार्साङ’को प्रचार प्रसार पुर्वका शहरहरुमा आक्रमक रुपमा भएको छ । चलचित्रका टिम यतिबेला ‘कार्साङ’को प्रचार प्रसार गर्नको लागी पुर्वमा आयोजना हुने बिभिन्न कार्यक्रम र हरेक शहरहरुमा पत्रकार भेटघाट गर्दै हिंडेको छ । चलचित्रका निर्देशक यम शेर्पा सहित मुख्य कलाकारहरु जितु नेपाल, दिया मास्के सृजना निङ्लेखु लगायतको टिम चलचित्र प्रचारका लागि पुर्वमा छ । टिमले शनिबार इटहरीमा, आइतबार बिहान बिराटनगर र दमक मा पत्रकार भेटघाट कार्यक्रम साथै बिभिन्न कार्यक्रममा व्यस्त रहेको छ ।

पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक यम शेर्पाले दुर्गम गाउका शेर्पा जाती अनी धामी झाक्रीहरुको तन्तर मन्तर गरिएको विश्वाशलाई देखाउन खोजिएको छ बताए । चलचित्र एक पारिवारिक भएकोले पुर्वका दर्शकहरुले मन पराउने अपेक्षा लिए । चलचित्रमा बिशेषगरी गाउमा हरेक कुल देवताको पूजा, रोगी बिरामीलाई झारफुक गर्ने झाक्रीको रुपमा प्रस्तुत भएका दयाहाङ राईले फेरी पनि गाउका सोझा शेर्पाको अभिनय जीवनत गरेका छन ।
कलाकार जितु नेपालले आफुले चाहेको जस्तै रोल ‘कार्साङ’मा निर्वाह गर्न आएको बताउदै अथक मेहनत गरेर चलचित्रलाई उत्कृष्ट बनाएको उल्लेख गरे । अभिनेत्री दिया मास्केले ‘कार्साङ’मा काम गर्ने विषयमा एक मिनेट पनि नसोची तयार भएको बताइन । टिजरमा आफुले बोलेको संवादले चर्चा पाएको कुरालाई उल्लेख गर्दै अभिनेत्री मास्केले चर्चा पाएको जस्तो अर्थ नलाग्ने बताइन् । उक्त संवाद दोहोरो अर्थ लाग्ने नभएको बताउदै त्यस्को अर्थ बुझ्न पुस २६ पर्खिनु पर्ने अभिनेत्री मास्केको भनाई थियो ।

थुप्रै म्युजिक भिडियोमा काम गरेकी, होस्ट तथा मिडिया पर्सन सिर्जना निङ्लेखुको डेव्यु रहेको चलचित्रमा उनको काम गज्जब देखिएको छ । रिलिज टिजरमा गरिबी, अभाव, निःसन्तानपनले दिएको सास्ती र त्यसले दाम्पत्य जीवनमा पैदा गर्ने द्धन्द्वलाई निर्देशक यम शेर्पाले गज्जबले प्रस्तुत गरेकाछन । अभिनेत्री सृजना निङ्लेखुले आफुलाई मन पर्ने कलाकार दयाहाङ राई रहेको बताउदै उनको अपोजिटमा काम गर्न पाउनु गर्वको कुरा भएको बताइन् । आफू लिम्बू समुदायको भए पनि शेर्पा भएर प्रस्तुत हुनु चुनौतीपूर्ण रहेको बताउदै उनले चुनौतीसँग डटेर पाएको सफलता थप उत्साहजनक हुने बताइन् ।

ADVERTISEMENT

अभि लामाको कोरियोग्राफी, मुकेश शाहको ध्वनि, सुदीप कुँवर, राम कुमार श्रेष्ठ र योगेन्द्र कार्की प्रमुख सहायक निर्देशन रहेको ‘कार्साङ’ लाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन । रिलिज टिजरमा दया र जितुको दोस्ती गज्जबको देखाइएको छ । जितु को अन्य चलचित्रहरुमा भन्दा यो चलचित्रमा जीवन्त अभिनय रहेको देख्न सकिन्छ । बुलन्द, आवाज मङगोल फेस भएकी सिर्जनालाई शेर्पेनीको भूमिका सुहाएको छ । चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका र सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।

Previous Post

गोर्खाल्याण्ड आन्दोलनलाई पाठ्यपुस्तकमा समेटनु पर्नेमा ‘बम बहादुर’ निर्देशकको जोड

Next Post

नेकपा माओवादी केन्द्र धरानमा ६८ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist