यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘कार्साङ’को प्रचार प्रसार पुर्वका शहरहरुमा आक्रमक रुपमा भएको छ । चलचित्रका टिम यतिबेला ‘कार्साङ’को प्रचार प्रसार गर्नको लागी पुर्वमा आयोजना हुने बिभिन्न कार्यक्रम र हरेक शहरहरुमा पत्रकार भेटघाट गर्दै हिंडेको छ । चलचित्रका निर्देशक यम शेर्पा सहित मुख्य कलाकारहरु जितु नेपाल, दिया मास्के सृजना निङ्लेखु लगायतको टिम चलचित्र प्रचारका लागि पुर्वमा छ । टिमले शनिबार इटहरीमा, आइतबार बिहान बिराटनगर र दमक मा पत्रकार भेटघाट कार्यक्रम साथै बिभिन्न कार्यक्रममा व्यस्त रहेको छ ।
पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक यम शेर्पाले दुर्गम गाउका शेर्पा जाती अनी धामी झाक्रीहरुको तन्तर मन्तर गरिएको विश्वाशलाई देखाउन खोजिएको छ बताए । चलचित्र एक पारिवारिक भएकोले पुर्वका दर्शकहरुले मन पराउने अपेक्षा लिए । चलचित्रमा बिशेषगरी गाउमा हरेक कुल देवताको पूजा, रोगी बिरामीलाई झारफुक गर्ने झाक्रीको रुपमा प्रस्तुत भएका दयाहाङ राईले फेरी पनि गाउका सोझा शेर्पाको अभिनय जीवनत गरेका छन ।
कलाकार जितु नेपालले आफुले चाहेको जस्तै रोल ‘कार्साङ’मा निर्वाह गर्न आएको बताउदै अथक मेहनत गरेर चलचित्रलाई उत्कृष्ट बनाएको उल्लेख गरे । अभिनेत्री दिया मास्केले ‘कार्साङ’मा काम गर्ने विषयमा एक मिनेट पनि नसोची तयार भएको बताइन । टिजरमा आफुले बोलेको संवादले चर्चा पाएको कुरालाई उल्लेख गर्दै अभिनेत्री मास्केले चर्चा पाएको जस्तो अर्थ नलाग्ने बताइन् । उक्त संवाद दोहोरो अर्थ लाग्ने नभएको बताउदै त्यस्को अर्थ बुझ्न पुस २६ पर्खिनु पर्ने अभिनेत्री मास्केको भनाई थियो ।
थुप्रै म्युजिक भिडियोमा काम गरेकी, होस्ट तथा मिडिया पर्सन सिर्जना निङ्लेखुको डेव्यु रहेको चलचित्रमा उनको काम गज्जब देखिएको छ । रिलिज टिजरमा गरिबी, अभाव, निःसन्तानपनले दिएको सास्ती र त्यसले दाम्पत्य जीवनमा पैदा गर्ने द्धन्द्वलाई निर्देशक यम शेर्पाले गज्जबले प्रस्तुत गरेकाछन । अभिनेत्री सृजना निङ्लेखुले आफुलाई मन पर्ने कलाकार दयाहाङ राई रहेको बताउदै उनको अपोजिटमा काम गर्न पाउनु गर्वको कुरा भएको बताइन् । आफू लिम्बू समुदायको भए पनि शेर्पा भएर प्रस्तुत हुनु चुनौतीपूर्ण रहेको बताउदै उनले चुनौतीसँग डटेर पाएको सफलता थप उत्साहजनक हुने बताइन् ।
अभि लामाको कोरियोग्राफी, मुकेश शाहको ध्वनि, सुदीप कुँवर, राम कुमार श्रेष्ठ र योगेन्द्र कार्की प्रमुख सहायक निर्देशन रहेको ‘कार्साङ’ लाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन । रिलिज टिजरमा दया र जितुको दोस्ती गज्जबको देखाइएको छ । जितु को अन्य चलचित्रहरुमा भन्दा यो चलचित्रमा जीवन्त अभिनय रहेको देख्न सकिन्छ । बुलन्द, आवाज मङगोल फेस भएकी सिर्जनालाई शेर्पेनीको भूमिका सुहाएको छ । चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका र सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।