भारतको पश्चिम बंगाल राज्यको दार्जीलिङ, कालिम्पोङ, र सिलीगुडी क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी भारतीयहरुद्वारा छुट्टै प्रदेश गोर्खाल्याण्डको माग गर्दै सन १९८० को दशकमा सुरुगरिएको गोर्खा आन्दोलनलाई मुख्य बिषय बनाएर निर्माण गरिएको चलचित्र ‘बम बहादुर’ को ट्रेलर रिलिज भएको छ । गोर्खा समुदायको पहिचान, संस्कृति, भाषा, र आर्थिक अधिकारको रक्षाको लागी गरिएको आन्दोलन पश्चिम बंगाल राज्यबाट अलग भएर नयाँ राज्य “गोर्खाल्यान्ड” निर्माण गर्नु आन्दोलनको मुख्य उद्देश्य थियो ।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (GNLF): १९८० को दशकमा सुभाष घिसिङको नेतृत्वमा सुरु भएको थियो । घिसिङको नेतृत्वमा भएको आन्दोलनले हिंसात्मक रुप लिएको थियो । तेही बिषयलाई आधार मानेर निर्माण भएको देखिन्छ बम बहादुर । ट्रेलरमा बिशेषगरी सन २०१३ र २०१७ को आन्दोलनहरुले गोर्खाल्यान्डको मागमा सशक्त प्रदर्शन गरेको थियो । खासगरी, २०१७ मा पश्चिम बंगाल सरकारले बंगाली भाषा अनिवार्य गर्ने प्रयास गरेपछि झनै ठूलो आन्दोलन भएको थियो तेही घटनाको वरीपरी चलचित्रको कथा घुमेको स्पस्ट देखिन्छ ।
रिलिज ट्रेलरले अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौं” भन्ने सन्देश दिएको छ, जसले शिक्षाको महत्त्व र सामाजिक सुधारलाई जोड दिएको छ । बम बहादुर नामक पात्रको चार दशक पुरानो संघर्षले कसरी वर्तमानलाई प्रभावित बनाएको छ भन्ने कथा यसमा मुख्य दर्शाउन खोजिएको भान हुन्छ । बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्ल रहेका छन् ।
प्रशान्त राई, अनिशा रसाइली, र बाल कलाकार वशिष्ट कार्कीको अभिनय छ। जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको निर्माता सञ्जीव सार्की हुन । यही पुष ५ गते नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने तय गरिएको चलचित्रले भारतका नेपाली समुदायले भोगेको सङ्घर्षको इतिहासको डिजिटल दस्ताबेजको रूपमा परिभाषित गर्ने निर्देशक राई ले जानकारी दिए । चलचित्रको मुख्य सल्लाहकार चर्चित अभिनेत तथा निर्माता श्रवण घिमिरे हुन ।