पछिल्लो समयकी चर्चित अनी व्यस्त नायिका मिरुना मगर र चर्चित नायक बिपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘ऊनको स्विटर’ को छायाङ्कनको काम सकिएको छ । दोस्रो चरणको छायांकनका लागि फिल्म टोली सोमबार नै पाँचथरको फालेलुङ मा सकिएको हो । पहिलो चरणको छायांकन पनि पाँचथरकै नवमीडाँडा, सुकेपोखरी, पौवाभन्ज्याङ, साधुटार, निबुखोला र लब्रेकुटीमा गरिएको थियो ।
स्थानीय संस्कार, संस्कृति, भेषभुषा, लवज, खानपान र रहनसहनसँगै माया प्रेमको कथा समेटिएको चलचित्र लाई आर्टमाण्डु ले निर्माण गरेको हो भने लेखक निर्देशक नबिन चौहान हुन ।विपिन र मिरुनाका अलावा एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बा लगायतका कलाकारको पनि अभिनय रहनेछ । नवीनले आर्टमाण्डूमार्फत् ‘तीन पाते’, घुमिघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, ‘के माया लाग्छ र, बटौली’ जस्ता दर्जन भन्दा बढी म्युजिकल फिल्म निर्माण गरिसकेका छन् ।